
काठमाडौं ।
स्मार्टफोनको डिस्प्ले सुरक्षाका लागि ग्लास बनाउने कम्पनी कोर्निंगले भर्खर गोरिल्ला ग्लासको नयाँ पुस्ता प्रस्तुत गरेको छ । कम्पनीले नयाँ ७ सिरिज ल्याएको भने होइन कम्पनीले भिक्टस नामको नयाँ ग्लास लन्च गरेको हो ।
नयाँ एल्युमिनोसिलिकेट ग्लासले प्रतिस्पर्धी ग्लास र पुरानो गोरिल्ला ग्लास जेनेरेशनको तुलनामा ससक्त स्क्रयाच र कडा सतहमा खस्ने प्रतिरोधात्मक क्षमतामा सुधार ल्याएको छ।
परीक्षणहरूमा, भिक्टसले स्मार्टफोन २ मिटर ६.५ फिटबाट कडा सतहमा झर्दापनि यसमा कुनै असर नपरेको देखाएको छ। यसमा उचाईबाट कंक्रीटमा झारिएको थियो ।
कम्पनीकाअनुसार कोर्निंग ग्लास नभएको ग्लास सामान्यतथा ०.८ मिटरबाट झर्दा नै चर्किने गर्दछ । गोरिल्ला ग्लास ५ मा १.६ मिटरबाट झर्दापनि बच्ने ८० प्रतिशत चान्स हुन्छ । गोरिल्ला ग्लास भिक्टस स्क्रयाचहरुमा बढि प्रतिरोधि रहेको छ । एजेन्सीका साथ
प्रकाशित: ११ श्रावण २०७७, आईतवार