एनआईटीसीको प्राथमिक सर्भर डाउन हुँदा सरकारी वेबसाइटहरु प्रभावित

  • Technology Khabar | १० श्रावण २०७७, शनिबार
एनआईटीसीको प्राथमिक सर्भर डाउन हुँदा सरकारी वेबसाइटहरु प्रभावित

काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को सिंहदरबारभित्र रहेको प्राथमिक सर्भर डाउन भएको छ ।

विद्युत आपूर्तिमा समस्या आएको हुँदा सर्भर डाउन भएको बताईएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले सो सर्भरमा आपूर्ति गर्ने विद्युतको ट्रान्सफर्मर पड्केका कारण सर्भर डाउन हुन पुगेको जानकारी दिए ।

जसले डाटा सेन्टरमा विद्युत आपूर्ति अवरुद्ध हुँदा सबै सरकारी निकायका साइट बन्द हुन पुगेका थिए ।

‘ट्रान्सफर्मर पड्कियो र त्यसले हाम्रो दुबै जेनेरेटरमा बिगार्यो जसले गर्दा बिहान साढे ९ बजेदेखि नै समस्या आएको र यसले सर्भर डाउन भएको हो, हामी अझै हेरिरहेको छौं,’ पोखरेलले भने ।

सरकारी डाटा सेन्टरमा समस्या भएपछि सबै सरकारी निकायका साइटहरु डाउन भएका थिए।

प्रधानमन्त्री कार्यालय र मूख्य ईमेल सर्भर अझै बन्द भएको हुँदा अहिले त्यसलाई सूचारु गर्न काम गरिरहेको उनले जानकारी दिए ।

सूचना प्रविधि केन्द्रले हेटौंडामा रिकभरी डाटा सेन्टर सञ्चालन गरिरहेको छ तर त्यसले पनि काम नगरेको नभएको उनको भनाई छ ।

हेटौडामा ब्याकअप भए पनि यहाँ भएको प्राथमिक सर्भरमै समस्या आउँदा साइट चलाउन नसकिएको पोखरेलले दाबी गरे ।

हाल अधिकांश साइट संचालनमा आईसकेका छन भने सेन्टरमा के कति र कस्तो हानी भयो भन्ने हेरिरहेको छ ।

प्रकाशित: १० श्रावण २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार