फेसबुक मेसेन्जर रुम्सको लाइभ भिडियो कल पेजहरुमा प्रसारण गर्न सकिने

Technology Khabar ९ श्रावण २०७७, शुक्रबार

काठमाडौं ।

फेसबुक इंकले एक नयाँ फीचर रोलआउट गर्न शुरु गरेको बताएको छ जसले प्रयोगकर्ताहरुलाई ५० व्यक्तिहरुसम्मको लाइभ भिडियो कल प्रसारण गर्न अनुमति दिनेछ।

प्रयोगकर्ताहरूले भिडियो मेसेन्जर रुम्समा सामेल हुन आमन्त्रित गर्न सक्दछन्, जोसँग फेसबुक खाता छैन् ।

‘त्यसपछि रुम्समा हुने ग्रुप भिडियो कललाई कुनै पनि प्रोफाइल, पृष्ठ वा समूहमा लाइभ प्रसारण गर्न सकिनेछ,’ कम्पनीले भन्यो।

यो कदमका साथ फेसबुकले कोरोनाभाइसको महामारीका कारण बढिरहेको कन्फरेन्सिङ्ग सेवाहरूको लागि मागमा भएको वृद्धिलाई समात्नका लागि सहयोग गर्दछ।

भिडियो कन्फ्रेन्सिङ्ग भन्ने बित्तिकै जूम भिडियो कम्युनिकेशन्स इंकको नाम अग्रपंक्तिमा आउँछ।

फेसबुकले आफ्नो प्लेटफर्म र मेसेन्जर वेबमा बिहीबारदेखि केही देशहरूमा नयाँ फीचर ल्याइरहेको बताएको छ र चाँडै मेसेन्जर रुम्स उपलब्ध भएको सबै देशहरूमा विस्तार गर्ने जानकारी दिएको छ।

कोभिड १९ ले गर्दा विश्वभर लकडाउन भएसँगै गएको मार्च महिनादेखि लाइभ स्ट्रिममा भएको उछालको कारण अघिल्लो वर्षको तुलनामा जूनमा फेसबुक पेजहरूबाट प्रत्यक्ष प्रसारणहरू गर्ने कार्य दोब्बर भएको छ । एजेन्सीका साथ

प्रकाशित: ९ श्रावण २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया