
काठमाडौं ।
सिम कार्ड प्रमाणीकरणमा हुने गरेको ठगी रोक्नको लागि भारतमा नयाँ नियम लागू गरिएको छ । अब ग्राहक प्रमाणिकरण नियमहरू एकमुष्ट किन्ने क्रेता र कम्पनीहरुका लागि दूरसञ्चार विभागले कडा गरेको छ।
नयाँ नियमअनुसार टेलिकम कम्पनीले कम्पनीहरुलाई नयाँ जडान दिनु अघि कम्पनीको दर्ता जाँच गर्नुपर्नेछ र हरेक ६ महिनामा त्यसलाई प्रमाणित गर्नुपर्नेछ।
कम्पनीहरूको नाममा बढ्दो सिम कार्ड फ्रडको कारण यो निर्णय लिइएको हो।
कर्पोरेट मामिला मन्त्रालयबाट कम्पनीको दर्ता जाँच गराउनुपर्नेछ ।
यसभन्दा पहिले भारतीय टेलिकम विभागले टेलिकम ग्राहकहरूको लागि प्रमाणिकरण दण्डको नियमलाई सहज गर्ने निर्णय गरेको थियो ।
अब प्रत्येक सानो गल्तीको लागि टेलिकम कम्पनीहरूलाई १ लाख रूपैयाँ जरिवाना लाग्ने छैन।
हालसम्म सरकारले टेलिकम कम्पनीहरूलाई कस्टमर प्रमाणीकरणका नियमहरू पालना नगरेकोमा ३,००० करोड भारु भन्दा बढी जरिवाना रकम लगाईसकेको छ।
एकमुष्ट सिम किन्ने कम्पनीको स्थान प्रत्येक ६ महिनामा प्रमाणित गर्नुपर्नेछ। कम्पनीको प्रमाणीकरणको समयमा देशान्तर अक्षांश समेत आवेदन पत्रका साथ पेश गर्नुपर्नेछ।
कम्पनीले कुन कर्मचारीलाई जडान दिएको छ भन्ने बारेमा पनि जानकारी दिनुपर्नेछ। टेलिकम कम्पनीहरूले नयाँ नियम लागू गर्न ३ महिनाको अवधि पाउने छन। एजेन्सीका साथ
प्रकाशित: ७ श्रावण २०७७, बुधबार