काठमाडौं ।
नोकियाले मंगलबार औद्योगिक ग्राहकहरुका लागि नयाँ ५जी स्ट्यान्डअलोन वायरलेस नेटवर्क ल्याएको छ ।
कम्पनीले फिनल्याण्डको टम्पायरमा खानी टेक्नोलोजी फर्म सान्डभिकको साइटका लागी एउटा नेटवर्क निर्माण गर्ने अर्डरको शुरु गरेको छ।
‘हामी मोटर वाहन निर्माण, क्लाउड, रोबोटिक्स र अटोनोमस मेशिन सञ्चालन जस्ता क्षेत्रहरुका लागि भरपर्दो, कम विलम्बता र उच्च डाटा दरहरूको लागि यो नेटवर्क संचालन गर्नेछौं । यसले महत्वपूर्ण मागहरू सिर्जना गर्दछ र अत्यधिक माग भएका मामिलाहरूमा डिजिटलकरणको गति बढाउने मार्ग तयार गर्दैछौं,’ नोकियाको इन्टर्प्राइज एकाईका राघव सहगलले भने।
निर्माण उद्योगमा मोबाइल टेक्नोलोजीको भूमिका छिटो बृद्धि भइरहेको छ ।
स्ट्याण्डअलोन अर्थात एक्लो नेटवर्कका साथ, औद्योगिक ग्राहकहरू उनीहरूको अनसाइट कनेक्सन आवश्यकतामा स्वतन्त्र हुँदै गइरहेका छन्। रोयटर्स
प्रकाशित: ६ श्रावण २०७७, मंगलवार