
काठमाडौं ।
नेपालमा ग्राहकहरुको लागि बैंकिङ सेवाको गुनासो टिपाउन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याईने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंकिङ सेवाको गुनासो टिपाउन छुट्टै वेब पोर्टलबनाउने घोषणा गरेको हो।
आर्थिक वर्ष २०७७/७८ का लागि जारी गरिएको मौद्रिक नीति मौद्रिक नीतिमा सर्वसाधारणको बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझावका लागि केन्द्रीय बैंकको वेबसाइटमा छुट्टै पोर्टलको व्यवस्था गरिने उल्लेख छ।
‘वित्तीय ग्राहक संरक्षण इकाईमार्फत सबै प्रकारका गुनासा तथा सुजावहरुको कार्यान्वयन हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।
प्रकाशित: २ श्रावण २०७७, शुक्रबार