
काठमाडौं ।
वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहक महानुभावको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ ।
उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने बताएको छ ।
जस अन्तर्गतः
घर कर्जामाः ७.९९%
धितो कर्जामाः ८.४९%
व्यक्तिगत ओभरड्राफ्टमाः ८.४९%
साना तथा मझौला कर्जामाः ७.९९%
सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वाषिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको जनाएको छ।
प्रकाशित: २ श्रावण २०७७, शुक्रबार