नेपाल टेलिकमको पोस्टपेड मोबाइलकाे सिमकार्ड अब ५ सय रुपैयाँमै किन्न पाईने

  • Technology Khabar | १ श्रावण २०७७, बिहीबार
नेपाल टेलिकमको पोस्टपेड मोबाइलकाे सिमकार्ड अब ५ सय रुपैयाँमै किन्न पाईने

काठमाडौं ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइलकाे सिमकार्ड अब ५ सय रुपैयाँमा नै किन्न उपलब्ध हुने भएको छ।

नेपाल सरकारको निर्णयानुसार साउन १ गते आजैदेखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएको टेलिकमले जानकारी दिएको छ ।जसअनुसार अब ५ सय रुपैयाँमा नै नयाँ सिम किन्न सकिने भएको हो ।

सरकारले बजेटबाट २ प्रतिशत स्वामित्व कर लगाउने घोषणा गरेको थियो । जसअनुसार अब पोस्टपेड मोबाइलमा पहिलो पटक सिमकार्ड खरिद गर्दा स्वामित्व शुल्क नलाग्ने भएको छ ।

यसका साथै नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल सेवामा विभिन्न अफरहरु उपलब्ध गराएको छ ।

यी अफरहरु आजै साउन १ गतेदेखि नै लागु भएका छन् ।

नेपाल सरकारको निर्णयानुसार यही २०७७ साउन १ देखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकोले हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम खरिद गर्दा लागु भइरहेको रु. ५०० स्वामित्व शुल्क अब उप्रान्त नलाग्ने भएको छ । प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ । सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि रु. ९४५ लाग्ने गरेकोमा अब रु. ५०० मा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ ।

रु. ५०० मा खरिद गरिने पोस्टपेड मोबाइलमा रु. ४६० क्रेडिट लिमिट रहने टेलिकमले जानकारी दिएको छ ।

पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागु हुने बताएको छ ।

पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन् । यस अन्तर्गत बेसिक प्याक रु. ३८४, प्रिमियम प्याक रु. ७४९, गोल्ड प्याक रु. ९९९, डायमन्ड प्याक रु. १४९९ र प्लाटिनम प्याक रु. २४९९ मा खरिद गर्न सकिने टेलिकमको भनाई छ ।

यी प्याकहरु ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर तथा *१४१५# डायल गरेर पनि प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित: १ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार