४८ मेगापिक्सेल क्वाड क्यामराको साथ सामसङ ग्यालेक्सी ए २१एस स्मार्टफोन बजारमा

  • Technology Khabar | १ श्रावण २०७७, बिहीबार
४८ मेगापिक्सेल क्वाड क्यामराको साथ सामसङ ग्यालेक्सी ए २१एस स्मार्टफोन बजारमा

काठमाडौं ।

नेपालको सबै भन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड, सामसङले २०२० को लागि सबैभन्दा सुलभदरमा ग्यालेक्सी ए स्मार्टफोन अन्तर्गत ग्यालेक्सी ए २१एस ग्यालेक्सी ए २१एस प्रस्तुत गरेको छ । अर्थपूर्ण आविष्कारको साथ एक उत्कृष्ट मोबाइलको अनुभव प्रदान गर्नको लागि डिजाइन गरिएको, ग्यालेक्सी ए२१एसमा परिष्कृत सुविधाहरू विद्यमान रहेका छन् ।

यसमा ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको जसले मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्ने सामथ्र्य राख्दछ । यसमा भएको ईन्फिनिटी ओ डिस्प्लेले आकर्षक दृश्यावलोकनको अनुभव प्रदान गर्दछ । यसमा रहेको लङ–लास्टिङ्ग व्याट्रिले व्यस्त जीवनमा थप सहजता प्रदान गर्दछ । ग्यालेक्सी ए२१एस मा सामसङ ब्राण्डको उत्कृष्ट विश्वास एवं आकर्षक मूल्यका साथ उपलब्ध रहेको छ ।

‘ग्यालेक्सी ए२१एस को साथ हामी हाम्रो ए सीरिज लाइनबाट ’वेष्ट अफ एभ्रीथिङ ’ को रुपमा ल्याएका छौं –४८ मेगा पिक्सल क्वाड क्यामेरा, मनमोहक एचडी इन्फिनिटी–ओ डिस्प्ले, लामो अवधि टिक्ने ५००० एमएएच ब्याट्री रहेको छ । साथै ग्यालेक्सी ए२१एसमा कम्पनीको डिफेन्स–ग्रेड, सामसङ नक्स सुरक्षा प्लेटफर्म छ जसले ग्राहकको डेटालाई सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ,’ सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने।

आश्चर्यजनक ४८ मेगा पिक्सलको क्वाड क्यामरा
यस फोनमा भएको ४८ मेगा पिक्सलको क्वाड क्यामेरा सेटअपले आजका युवा ग्राहकहरूलाई आफ्नो मोबाइलको क्यामेरामा अन–द–गोको अवस्थामा पनि फोटोहरु क्याप्चर गर्न सक्षम तुल्याउदछ । ग्यालेक्सी ए२१एसमा ४८ एमपीको मुख्य क्यामरा, तथा अल्ट्रा वाइड लेन्सको साथ ८ एमपीको क्यामराले हाम्रो मानव आँखाले जस्तो देख्छ त्यस्तै तस्वीरहरू लिन मद्दत गर्दछ, म्याक्रो लेन्सले ग्राहकहरूलाई क्लोजप शट लिन मद्दत गर्दछ । यसको डेफ्थ क्यामेरा, जसले लाइभ फोकस मोडमा आश्चर्यजनक फोटोहरू क्याप्चर गर्न सक्दछ । ग्यालेक्सी ए२१एसमा अन्य सुविधाहरू जस्तैः८एक्स जुम, डेडिकेटेड फुट मोड, र अल्ट्रा वाइड पानोरमा जस्ता सुविधाहरु विद्यमान रहेका छन् । आफूले खिचेका व्यक्तिगत फोटाहरुलाई अझै जीवन्त एवं व्यक्तिगत बनाउन विभिन्न प्रकारका स्ट्याम्पहरू, फिल्टरहरू र स्टिकरहरू प्रयोग गर्न पनि सकिने छ ।

प्रभावशाली दृश्यावलोकनको लागि ६.५ इन्चको इन्फिनिटि–ओ डिस्प्ले
ग्यालेक्सी ए२१एस मा आजका युवाहरुले रमाइलो दृश्यावलोकनको मज्जा लिन सक्नुहुन्छ । आजका युवाहरुको चाहनालाई सहजै परिपूर्ति गर्ने खालका सामग्रीहरु यसमा निहीत छन् । ग्यालेक्सी ए२१एस मा २०स्९ को रेसियोको डिस्प्ले तथा डल्बी एट्मस अडियोको साथ उपलब्ध रहेको छ, जसले गर्दा सिनेम्याटिक दृश्यहरूको जीवन्त अनुभव प्राप्त गर्न सकिन्छ ।

लामो समयसम्म टिक्ने ५००० एमएएचको ब्याट्री
ग्यालेक्सी ए२१एस मा लामो समयसम्म चल्ले ५००० एमएएचको ब्याट्री राखिएको छ, जसले प्रयोगकर्तालाई २१ घण्टाको भिडियो हेर्ने सुविधा प्रदान गर्दछ । साथै दिनभर आफूलाई मनपरेको कन्टेन्ट वा गेम खेल्ने स्वतन्त्रता प्रदान गर्दछ । यसको १५ वाटको फास्ट चार्जिङ्ग सुविधाले चाडैं नै मोबाइल चार्ज हुने हुँदा धेरै समय खेल खेल्न एवं मनोरञ्जन लिन सकिन्छ ।

सामसङ नक्सः सुरक्षा प्लेटफर्म
ग्यालेक्सी ए२१एस नक्सद्वारा इन्स्क्रिप्ट गरिएको छ जसले गर्दा गोप्य फाइलहरु, क्रेडिटकार्डका विवरणहरु तथा कारोबार, पासवर्डहरु एवं स्वास्थ्य सम्बन्धी डाटाहरुलाई थप सुरक्षा प्रदान गर्दछ । अहिले साइवर हमलाको खतरा रहेको अवस्थामा सामससङको नक्स उपयोगी सिद्ध भएको छ । साइबर हमला गरी, प्रयोग कर्ताहरुको डाटाहरुलाई नष्ट गर्ने जालसाजीको घटना लगातार बढिरहेका छन् । सामसङ नक्सले लगातार सुरक्षा जाँच गर्दछ र मोबाइल फोनको प्रामाणिकता जाँच गर्दछ । प्लेटफर्म स्तरदेखि अपरेटिङ सिस्टम प्रणालीको माध्यमबाट चलिरहेको र कुनै पनि नकारात्मक परिवर्तन पत्ता लगाई ग्राहकको डाटा सधैं सुरक्षित छ भनेर सुनिश्चित गर्दछ । यसले डाटालाई जहिले पनि सुरक्षित र कुनै पनि सम्भावित साइबर आक्रमणबाट बचाउन मद्दत राख्दछ ।

निरन्तर गेमिंगको मज्जाः नयाँ एक्सनोज ८५० को प्लेटफर्म
ग्यालेक्सी ए२१एस मा, नयाँ एक्सनोज ८५० चिपसेट स्थापना गरिएको छ जुन एआइ पावर्ड गेम बुस्टर २.० को साथ उपलब्ध रहेको छ । यसले फ्रेम दर एवं स्टेविलिटिमा सुधार गर्दछ, र म्याक्सिमम सेटिंग्समा पनि गेम खेल्दा ब्याट्री भने कम खपत गर्दछ ।

अनलिमिटेड स्पेस, अनलिमिटेड सुविधास् ५१२ जीबीसम्म बढाउन सकिने
यसमा ६४जीबी इन्टरनल भण्डारण रहेको छ जसलाई ५१२जीबीसम्म बढाउन पनि सकिन्छ । यसबाट तपाइँले आफ्ना पुराना यादहरुलाई विना चिन्ता सदैव सुरक्षित रुपमा भण्डारण गर्न सक्नुहुनेछ ।

यसका साथै थप सुविधा एवं सहजताको प्रदान गर्न सामसङको सिग्नेचर वान यूआई इन्टरफेसले उपभोक्ताहरूलाई एक हातले चलाउने तथा डार्क मोडको सुविधा प्रदान गरी थप सहजता प्रदान गरेको छ । ग्यालेक्सी ए२१एस फोनमा फेस रिकग्निसन तथा फिंगरप्रिन्ट पहिचान सेन्सर पनि उपलब्ध रहेको छ । यस फोनलाई केवल आफ्नो अनुहार अगाडि देखाए पछि यो आफै खुल्दछ, जसले गर्दा तुरून्त एवं सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ ।

मूल्य तथा उपलब्धता
ग्यालेक्सी ए२१एस विभिन्न कलरहरु कालो, सेतो तथा निलो मा उपलब्ध रहेको छ । यो फोन सेट जुलाई १५ तारिख, २०२० देखि सामसङ ब्रान्ड स्टोरहरुमा उपलब्ध रहदै आएको छ । यो फोन ४/६४ ग्यालेक्सी ए२१एस मा उपलब्ध रहेको छ । यो फोनको मूल्य रु. २४,९९९ तोकिएको कम्पनीले जनाएकोछ ।

प्रकाशित: १ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार