एप्पलले यूरोपियन यूनियनको १५ अर्ब कर फेरी तिर्नुपर्ने निर्णय अदालतले उल्टाईदियो

  • Technology Khabar | १ श्रावण २०७७, बिहीबार
एप्पलले यूरोपियन यूनियनको १५ अर्ब कर फेरी तिर्नुपर्ने निर्णय अदालतले उल्टाईदियो

काठमाडौं ।

युरोपको दोस्रो उच्चतम अदालतले एप्पललाई दिएको यूरोपियन यूनियनको कर तिर्ने निर्णय उल्टाई दिएको छ ।

अदालतले आईरिश कर १५ अर्ब डलर पुन तिर्नुपर्ने निर्णयमा एप्पलको पक्षमा निर्णय गरेसँगै एप्पलले बुधबार ठूलो जीत हासिल गरेको छ ।

यसले २०१६ को एक आदेशलाई पल्टाइ दिएको छ जसले टेक जायन्टलाई डब्लिनले अवैधरुपमा कर नतिरेको पाएको भनेको थियो ।

एप्पलले ईयूले तोकेको ईयुको प्रतिस्पर्धात्मक नियम तोडेको पर्याप्त प्रमाणहरू नभएको भन्दै ईयूको जनरल कोर्टले त्यो निर्णय रद्द भएको बताएको हो ।

यो युरोपेली आयोगको लागि एक धक्का हो, जसले यो केस ल्यायो।

यद्यपि ईयुको सर्वोच्च अदालत, युरोपियन न्याय अदालतमा निर्णयको बिरूद्ध अपील गर्न १४ दिनको अवधि बाँकी छ।

चार वर्ष अघि आफ्नो आदेशमा यूरोपीयन आयोगले एप्पलले दुई आयरिश कर नियमहरूको माध्यमबाट गैरकानुनी राज्य सहायताबाट फाइदा उठाएको बताएको थियो । जसले कृत्रिम रूपमा दुई दशक भन्दा बढी करको बोझ घटायो, यो सन् २०१४ मा ०.००५ प्रतिशत मात्र थियो । एजेन्सीका साथ

प्रकाशित: १ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार