ईजीलिंक रेमिटेन्स अब नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

  • Technology Khabar | ३१ असार २०७७, बुधबार
ईजीलिंक रेमिटेन्स अब नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

काठमाडौं ।

ईजीलिंक रेमिटेन्स प्रालि नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ।

नेशनल पेमेन्ट्स इन्टरफेस (एनपिआइ) को प्रयोग गरेर रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीको बैंक खातामा जम्मा हुने गरि सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा आबद्ध भएको हो।

यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्टआइपिएस इ–पेमेन्ट प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल आइपिएसमार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ।

यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सका लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाई छ।

प्रकाशित: ३१ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार