एप्पलको लागी आईफोन बनाउने कम्पनी फक्सकनले भारतमा १ अर्ब डलर लगानी थप्ने

  • Technology Khabar | ३० असार २०७७, मंगलवार
एप्पलको लागी आईफोन बनाउने कम्पनी फक्सकनले भारतमा १ अर्ब डलर लगानी थप्ने

काठमाडौं ।

आईफोन बनाउने कम्पनी फक्सकनले भारतको चेन्नई नजिकको श्रीपेरुम्बुदुरमा एक कारखाना विस्तार गर्न १ अर्ब डलर लगानी गर्ने योजना राखेको छ।

ताइवानको कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ्ग कम्पनीले यस कारखानामा एप्पलको आईफोन एक्सआर एसेम्बल गर्दछ।

अमेरिकी प्रविधि कम्पनी एप्पल बिस्तारै र चुपचाप चीनबाट बाहिर निस्किने कोशिस गर्दैछ। भारतीय इकाईको विस्तार गर्न फक्सकनको लगानी यसै योजनाको एक हिस्सा रहेको बताईएको छ ।

स्रोतहरुलाई उदृत गर्दै आएका रिपोर्टहरुका अनुसार एप्पलले आफ्ना क्लाईन्टहरुलाई आईफोन उत्पादनको केहि हिस्सा चीन बाहिर राख्न अनुरोध गरेको छ।

भारतको श्रीपेरम्बुदुर प्लान्टमा हुने लगानी आगामी तीन बर्षमा हुनेछ। फक्सकनले चीनमा एप्पलको आईफोनका जून मोडेलहरू उत्पादन गर्दछ, त्यसमध्ये केही मोडलहरु भारतीय प्लान्टमा निर्माण गरिने छ। यो योजनाले श्रीपेरुमुदुर प्लान्टमा ६,००० नयाँ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।

फक्सकनले हैदराबादमा छुट्टै प्लान्ट पनि सञ्चालन गर्दछ। हैदराबादको प्लान्टले चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमी र अन्य कम्पनीहरूको लागि स्मार्टफोन उत्पादन गर्दछ।

फक्सकनका अध्यक्ष लियू यंग वेले गत महिना कम्पनीले भारतमा लगानी बढाउने बताएका थिए । एजेन्सीका साथ

प्रकाशित: ३० असार २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार