
काठमाडौं ।
रिटेल बक्समा चार्जर वा इयरपड नभए पनि एप्पलले आईफोन १२ को बजार मूल्य आईफोन ११ भन्दा कम्तिमा ५० डलर महंगो राख्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।
विश्लेषक भन्छन कि आईफोनमा बढेको लागत आगामी आईफोनको ५ जी सपोर्ट र ओएलईडी स्क्रिनको कारण हुन सक्छ।
पछिल्ला केही हप्ताहरूमा, धेरै रिपोर्टहरूले आगामी आईफोन सिरिज बन्डल चार्जर र ईयरपडहरू बिना नै आउनसक्ने अनुमान गरेका छन् । तर कम्पनीले यसबारेमा केहि बताएको छैन् ।
एक रिपोर्टमा, म्याकर्यूमर्सले विश्लेषक जेफ पु द्वारा गरिएको एक अनुसन्धान नोट शेयर गर्दै आगामी आईफोन १२ को ५.४ इन्च मोडेलको बजार मूल्य करिब ७४९ अर्थात ९० हजार नेपाली रुपैयाँबाट शुरु हुने बताएको छ ।
यो आईफोन ११ को समान आकारको बेस मोडेलको मूल्यभन्दा कम्तिमा ५० डलर बढी हो, लन्चपछि आईफोन ११ को बजार मूल्य ६९९ डलरमा बिक्री गरिएको थियो ।
विश्लेषणको आधारमा म्याक्रर्यूमर्सको रिपोर्टले आईफोन १२ को ६.१ इन्च संस्करणको मूल्य ७९९ अमेरिकी डलरबाट शुरु हुने अनुमान गरेकोछ ।
जुन लगभग यसअघिको आईफोन ११ मोडलको भन्दा १५० डलर महंगो हो।
यसअघिको रिपोर्टहरुका अनुसार नयाँ आईफोनको सबैभन्दा सस्तो मूल्य ६४९ बाट शुरु भएर सबैभन्दा महंगो भर्सनको मूल्य १ हजार ९९ अमेरिकी डलर हुने उल्लेख गरेका छन् ।
एप्पलले आफ्नो नयाँ आईफोन आगामी सेप्टेम्बर अक्टोबरमा लन्च गर्ने अनुमान गरिएको छ ।
प्रकाशित: ३० असार २०७७, मंगलवार