Technology Khabar ३० असार २०७७, मंगलवार
काठमाडौं ।
वनप्लसले आफ्नो पहिलो वायरलेस ईयरफोन वनप्लस बड्स लन्च गर्ने औपचारिकरुपमा जानकारी दिएको छ।
कम्पनीले आधिकारिक ट्विटर ह्यान्डल मार्फत आफ्नो पुरानो इयरफोनको तस्वीर साझा गरेर लाइनमा के छ भनेर सोधेको थियो भने त्यसपछि कम्पनीले वनप्लस बड्स यहि जुलाई २१ मा लन्च हुने जानकारी दिएको छ ।
यो कम्पनीले ल्याउन लागेको मध्ये सबैभन्दा प्रतीक्षित वायरलेस इयरबड हुन सक्छ, जसलाई वनप्लस बड्स नाम दिईएको छ।
यो २१ जुलाईमा वनप्लस नर्ड स्मार्टफोनका साथमा लन्च हुनेछ ।
कम्पनीको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘नयाँ ब्लुटुथ अडियो डिभाइसले उच्चगुणस्तरको अडियो प्लेब्याक र प्रयोग गर्न सजिलो अनुभव प्रदान गर्दछ।’
वनप्लस बड्सको सुरुवात यसका उत्पादनहरूको पोर्टफोलियो विस्तार गर्ने निर्माताको योजनाको हिस्सा हो जसमा यसअघि नै फोन र स्मार्ट टिभी समावेश रहेका छन्।
वनप्लसका संस्थापक तथा सीईओ पीट लाउले भने कि ईयरबड्सले उच्च गुणको ध्वनि, सिमलेस कनेक्टिविटी र प्रयोग गर्न सजिलो अनुभवको उत्तम संयोजन प्रदान गर्दछ।
वनप्लस नोर्ड जस्तै वनप्लस बड्स पनि भारतमा सबैभन्दा पहिले लन्च हुनेछ भने यो अमेजन इण्डियामार्फत बिक्री हुनेछ।
प्रकाशित: ३० असार २०७७, मंगलवार