नेपालबाटै पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २९ असार २०७७, सोमबार
नेपालबाटै पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।

पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोले चितवन जिल्ला बस्ने १७ बर्षीय एक बालिकाको अश्लिल भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको उजुरीका आधारमा काठमाडौं गोंगबु बस्ने २३ बर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो।

ब्यूरोकाअनुसार पक्राउ परेका श्रेष्ठले ब्लु संसार डटकम नामक पोर्न बेवसाईट संचालन गर्ने र त्यसमा अश्लिल भिडियो अपलोड गर्ने गरेका थिए ।

उनलाई विद्युतिय कारोबार ऐन २०६३ अन्तरगत साइबर अपराधको अभियोगमा पक्राउ गरेर अनुसन्धान जारी राखिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ।

ब्यूरोले अश्लिल तथा यौनजन्य सामाग्रीहरु कम्प्युटर, इन्टरनेट लगायतका माध्यमबाट प्रकाशन, प्रसारण तथा प्रदर्शन गर्नु सार्वजनिक नैतिकता र शिस्टाचार विरुद्ध हुने तथा कानूनीरुपमा अपराध हुने भन्दै सबैलाई सचेत समेत गराएको छ।

प्रकाशित: २९ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...