दोस्रो त्रैमासमा विश्वव्यापीरूपमा कम्प्युटरको बिक्री ११.२ प्रतिशतले बढ्यो

Technology Khabar २९ असार २०७७, सोमबार

काठमाडौं ।

गत केही महिनामा पीसीहरूको विश्वव्यापी मागमा वृद्धि भएको रेकर्ड गरिएको छ। नयाँ आईडीसी रिपोर्टअनुसार सन् २०२० को दोस्रो त्रैमासिकमा विश्वव्यापिरुपमा कम्प्युटरको मागमा ११.२ प्रतिशतले वृद्धि भएको छ।

विश्लेषकहरू विश्वास गर्छन् कि महामारीका कारण मानिसहरूले घरबाट काम गर्न प्राथमिकता दिइरहेका छन्, र यस ट्रेण्डले गर्दा ल्यापटप र पीसीहरूको माग बढाएको छ।

आईडीसीले जनाए अनुसार सो अवधिमा विश्वभर ७.२३ करोड युनिटहरू बिक्री भएका थिए जसमा ल्यापटप, वर्कस्टेशन र डेस्कटपहरु रहेका थिए।

चाखलाग्दो कुरा के छ भने, युरोप, मध्यपूर्व र अफ्रिका र संयुक्त राज्य अमेरिकाको बजारमा बिक्री सबैभन्दा बढी बृद्धि भएको छ।

आईडीसीले आफ्नो रिपोर्टमा भने कि एचपी २५ प्रतिशत बजार हिस्सासहित चार्टको शीर्षमा रहेको छ। लेनोभो २४.१ प्रतिशत सेयरको साथ एचपी भन्दा झिनो अन्तरले दोस्रो स्थानमा रहेको छ  र डेल १६.१ प्रतिशत शेयरको साथ शीर्ष ३ कम्पनीहरुको अन्तिम स्थानमा छ।

यस अवधिमा एप्पल करिब५५ लाख युनिट बेच्न सफल भयो, यसका साथमा कम्पनी ७.७ प्रतिशतभन्दा बढीको बजार शेयरसहित चौथो स्थानमा रहेको छ ।

एसर ६.७ प्रतिशत बजार हिस्सासहित टप ५ कम्पनीमा पर्न सफल भएको छ ।

आईडीसी भन्छ कि यी पाँच विक्रेताहरूले समग्र पीसी बिक्रीमा ८० प्रतिशत योगदान गरेका छन्। तर आउने बर्षहरूमा बजार परिवर्तन हुने आशा गर्न सकिन्छ।

यद्यपि आईडीसीका अनुसार पीसीको माग जुलाईपछि फेरि घट्ने छ।

विश्लेषकहरूले यो विश्वव्यापीरूपमा स्कूल र कलेज बन्द हुँदा आगामी अवधिमा गिरावट आउने अनुमान गरेका छन् ।

टप कम्पनीहरुका शिपमेन्ट र मार्केट शेयर

कम्पनीदोस्रो त्रैमासमा शिपमेन्टमार्केट शेयरवार्षिक वृद्धि
1एचपी1.80 करोड25%17.7%
2लेनेभो1.74 करोड24.1%7.4%
3डेल1.20 करोड16.6%3.5%
4एप्पल55 लाख7.7%36.0%
5एसर48 लाख6.7%12.7%
6अन्य1.43 करोड19.8%6.8%
कुल7.23 करोड100%11.2%

प्रकाशित: २९ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया