भारतीय टेलिकम जियो प्लेटफर्ममा लगानी बर्सिँदै, क्वालकम भेन्चर्सद्धारा ७३० करोड भारु लगानी

  • Technology Khabar | २९ असार २०७७, सोमबार
भारतीय टेलिकम जियो प्लेटफर्ममा लगानी बर्सिँदै, क्वालकम भेन्चर्सद्धारा ७३० करोड भारु लगानी

काठमाडौं ।

क्वालकम भेन्चर्सले मुकेश अंबानीको रिलायन्स इंडस्ट्रीजको जियो प्लेटफर्ममा ७३० करोड भारु लगानी गर्ने भएको छ। यो लगानीसँगै भारतीय टेलिकम कम्पनी जियो प्लेटफार्ममा क्वालकम भेन्चर्सको शेयर ०.१५ प्रतिशत हुनेछ।

आइतवार रिलायन्स इंडस्ट्रीज र जियो प्लेटफर्मले विज्ञप्ति जारी गरेर सो नयाँ लगानी बारे जानकारी दिएको छ ।

क्वालकम भेन्चर्सको यो लगानी जियो प्लेटफर्मका लागि ४.९१ लाख करोड भारुको इक्विटी मूल्यमा सम्पन्न भएको हो।

सम्झौताले जियो प्लेटफर्मको उद्यम मूल्यलाई ५.१६ लाख करोड भारुको मूल्यांकन गरेको छ। क्वालकम भेन्चर्स क्वालकम ईन्कोपोरपोरेटको लगानी ईकाई हो ।

जिओ प्लेटफार्ममा २५.२४ प्रतिशत सेयर बेचेर आरआईएलले १,१८,३१८.४५ करोड भारु उठाएको छ। यो रकम १३ वटा लगानीहरूको माध्यमबाट उठाइएको छ। यसमा फेसबुकबाट सबैभन्दा ठूलो लगानी भएको छ। एजेन्सीका साथ

प्रकाशित: २९ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार