
काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले प्रविधि विकास तथा अनुसन्धानको लागि अनुदान प्राप्त गर्ने प्रस्तावहरु र आवेदकहरुको सूची सार्वजनिक गरेको छ ।
नास्टले यसअघि कोभिड १९ को महामारीबाट बच्नका लागि नयाँ अनुसन्धान तथा विकासको क्षेत्रमा सहभागी भएका वा हुन चाहने कम्पनीहरुसँग आवेदन माग गरेकोमा १३ वटा प्रस्तावहरु छनौट भएका छन् ।
नास्टले असार २५ गते सार्वजनिक गरेको सूचीअनुसार अनुदान प्राप्त गर्ने पहिलो स्थानमा विवेकानन्द महतको प्रस्ताव रहेको छ उनको इन्डष्ट्रियल प्रडक्सन अफ इण्डिजिनियस इन्सेक्सट्स फर फूड एण्ड फीड इन नेपाल नामक प्रस्तावले कुल ८६ अंक प्राप्त गरेको छ ।
त्यसैगरि सो सन्तोष दाहालको अनुसन्धान, रोबोटिक एसोसिएसन अफ नेपाल, विप्लब कार्की, दिपेश प्रसाद गुरागाईँ, सन्देश सुबेदी, अनिल कार्की, लक्ष्मण मोत्रा, कपिल ज्ञवाली, अस्मिता पाण्डे, खिल बहादुर बयारकोटी, हरी दलार्मी र नवराज भट्टराईको अनुसन्धान प्रस्तावहरु छनौट भएका छन्।
छनौट भएका अनुसन्धान आवेदनहरुमा स्मार्ट एग इन्क्यूबेटर, पेस्टिसाइट स्प्रे ड्रोन, क्वाड बाईक, ब्लक चेनमा आधारित ईभोटिङ्ग सिस्टम, च्याउको गुणस्तर उत्पादकत्व बढाउनका लागि आईओटीको प्रयोगलगायत रहेका छन् ।
नवीनतम अनुसन्धान, प्रविधि हस्तान्तरण एवं समृद्धिका लागि नवप्रवर्तन केन्द्रमा कुल १ सय ६२ वटा प्रस्ताव परेकामध्ये १३ वटा उत्कृष्ट प्रस्तावहरु छनौट गरिएको नास्टले जनाएको छ ।
यी छनौटमा परेका अनुसन्धान तथा प्रविधि विकासको लागि प्रस्तावहरुले नास्टबाट चरणबद्धरुपमा अनुदान प्राप्त गर्नेछन् ।

यसअघि कोभिड १९ को महामारी र त्यसले ल्याएका समस्यासँग जुध्नका लागि आवश्यक पर्ने प्रविधिको विकास गर्न वा भएका प्रविधिलाई परिमार्जन गर्ने कार्यका लागि नास्टले अनुदान रकम दिने भन्दै आवेदन माग गरेको थियो ।
त्यस्तो प्रविधि विकास वा परिमार्जन गर्नका लागि नास्टले प्रति प्रस्तावलाई १० लाख रुपैयाँ अनुदान दिने भएको छ।
यो पनि हेर्नुस्-
कोभिड-१९ विरुद्ध प्रविधि विकास एवं स्टार्टअपलाई १० लाख रुपैयाँ सरकारी अनुदान
प्रकाशित: २८ असार २०७७, आईतवार