
काठमाडौं ।
एप्पलको आईफोन र आईप्याडका लागि उपलब्ध गराएको पहिलो सार्वजनिक बीटा आईओएस १४ र आईप्याडओस १४ अब डाउनलोडका लागि उपलब्ध भएका छन्।
डेभलपर बीटा संस्करण जारी गरेपछि, एप्पलले एक महिना भन्दा कम समयमा नयाँ सफ्टवेयर जारी गरेको छ।
यस सार्वजनिक बीटा १ संस्करणको आईओएस १४ र आईप्याडओएस १४ मा यी सबै नयाँ सुविधाहरू राखिएका छन जुन यस बर्षमा आईफोन, आईप्याड टच र आईप्याड उपकरणहरूमा आउँदैछन्।
नयाँ आईओएस संस्करण ती प्रयोगकर्ताहरूका लागि विशेष हो जुन हाल आईओएस १३ मा चल्दैछन्।
आईओएस १४ र आईप्याडओएस १४ सार्वजनिक बीटा डाउनलोड गर्न एप्पल आईडीको साथ एप्पल बीटा सफ्टवेयर प्रोग्राममा नामांकन गर्नुपर्नेछ। बीटा कार्यक्रमसँग सम्बन्धित सबै प्रश्नहरूको जवाफ दिन वेबसाइटमा एफएक्यू खण्ड रहेको छ।
हाम्रो सुझाब तपाईँ नयाँ आईओएस १४ वा आईप्याडओएस १४ प्रयोग गर्न चाहनुहुन्छ भने यो सेकेण्डरी डिभाइसमा डाउनलोड गर्नुपर्दछ वा अन्यथा तपाईंले बग वा अन्य समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। साथै, तपाईले आफ्नो आईफोन, आईपड टच वा आईप्याडमा डाउनलोड गर्नु अघि तपाईको डाटा ब्याकअप गर्नुहोस्।
एप्पल बीटा सफ्टवेयर प्रोग्राममा नाम लेखिसकेपछि, सेटिंग्समा जानुहोस् त्यहाँ जनरल सफ्टवेयर अपडेट गर्नुहोस् र तपाईंको डिभाइस अपडेट गर्नुहोस्।
यो इन्स्टल गर्न, डिभाइसमा कम्तिमा ५० प्रतिशत ब्याट्री वा चार्जरमा जडित हुनुपर्दछ।
यो पनि हेर्नुस्-
यस्तो छ एप्पलको नयाँ आईओएस १४ को विशेषताहरु, लाइब्रेरी भ्यूदेखि साइकल सपोर्टसम्म
प्रकाशित: २८ असार २०७७, आईतवार