
काठमाडौं ।
राष्ट्रिय आविश्कार केन्द्रले अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयसँग मिलेर भेन्टिलेटर नेपालमा नै बनाईरहेको छ ।
केन्द्रले अमेरिकी विश्वविद्यालयको टिमसँग मिलेर नेपालमा नै भेन्टिलेटर बनाईरहेको महाबिर पुनले ट्विटरमार्फत जानकारी दिएका छन् ।
यस्तो भेन्टिलेटर निकै सस्तो हुने र यसको मूल्य करिब १ लाख रुपैयाँ भन्दा पनि सस्तो हुनसक्ने अनुमान गरिएको छ ।


महाबिर पुनले सो सहकार्य र भेन्टिलेटर निर्माणको तस्विर सार्वजनिक गरेका छन् । उनले हालै केन्द्रमा भेन्टिलेटरको प्रोटोटाइप बनाईरहेको जानकारी दिएका छन् ।
Stanford University USA को टीम र राष्ट्रिय आविष्कार केन्द्र बीच सस्तो भेन्टिलेटर बनाउन सहकार्य भैरहेको छ | यो अनुसन्धान सफल भएमा भेन्टिलेटरको मुल्य एक लाख रुपैंया भन्दा कम हुने छ | सो भेन्टिलेटरको सम्पूर्ण टेक्निकल विवरण दिएका छन. त्यसको प्रोटोटाईप हामीले केन्द्रमा बनाईरहेका छौं pic.twitter.com/VQ580yU7Uv
— Mahabir Pun (@MahabirPun) July 11, 2020
यसअघि केन्द्रले नेपालमा नै कोरोनाभाइरस रोकथाममा डाक्टरहरुले लगाउने पिपिई सुट र पन्जा बनाईसकेको छ ।
प्रकाशित: २७ असार २०७७, शनिबार