के तपाईँको सिमकार्ड आफ्नै नाममा दर्ता छ ? नेपाल टेलिकमको सिम बारे यसरी थाहा पाउनुहोस्

  • Technology Khabar | २६ असार २०७७, शुक्रबार
के तपाईँको सिमकार्ड आफ्नै नाममा दर्ता छ ? नेपाल टेलिकमको सिम बारे यसरी थाहा पाउनुहोस्

काठमाडौं ।

तपाईँ नेपाल टेलिकमको सेवा प्रयोग गरिरहनुभएको छ । छ भने तपाईँले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता भएको छ भन्ने जानकारी छ ?

तपाईँले आफ्नै नाममा सिम दर्ता गरेर प्रयोग गरिरहनुभएको छ भने कुनै समस्या पर्दैन तर यदि अन्य कसैको नाममा भएको सिम प्रयोग गरिरहनुभएको छ भने कुनै समय समस्यामा पर्न सक्नुहुनेछ ।

त्यसैले आफूले प्रयोग गरेको सिम कस्को नाममा छ भने थाहा पाएको राम्रो ।

केहि दिनअघि नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समेत सिम बेच्दा ग्राहकहरुको नागरिकता वा आधिकारिक परिचय खुल्ने कागजात राखेर मात्र सिम बिक्री गर्न भनेको छ भने एक ग्राहकलाई अधिकतम २ वटा भन्दा बढि सिम बिक्री गर्न नपाईने निर्देशन लागू गरेको छ ।

जसअनुसार तपाईँको नाममा कतिवटा सिम छ र कसरी प्रयोग भईरहेको छ भन्ने जानकारी राख्नुहोस् । नत्र आवश्यक परेको बेलामा नयाँ सिम किन्न समस्या पर्न सक्नेछ ।

नेपाल टेलिकमले ग्राहकहरुलाई आफ्नो सिम कसको नाममा दर्ता छ भनेर जानकारी दिनका लागि नयाँ सिस्टम ल्याएको छ । जसमा सिम कसको नाममा छ भन्ने थाहा पाउन सकिन्छ ।

यसको लागि नेपाल टेलिकमका मोबाइल सेवा लिने ग्राहकहरुले आफ्नो मोबाइलमा स्ट्रिक ९२२ ह्यास (*922#) डायल गरेर थाहा पाउन सक्नुहुनेछ ।

त्यसैगरि सो सिम दर्ता भएको मानिसको जानकारी सहि छ भने १ र दर्ता नाम गलत छ भने २ टाईप गरेर सेण्ड गर्न सकिनेछ ।

यसको लागि कुनै अतिरिक्त शुल्क लाग्दैन् ।

अब भन्नुहोस के तपाईँको सिम आफ्नै नाममा दर्ता छ ?

प्रकाशित: २६ असार २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...