नेपालको पहिलो गूगल एण्ड्रोइडमा आधारित एण्ड्रोइड स्मार्ट टिभी ‘सीजी एलईडी’ सार्वजनिक

Technology Khabar २६ असार २०७७, शुक्रबार

काठमाडौं ।

चौधरी ग्रुपले नेपालकै पहिलो गूगल एण्ड्रोइडमा आधारित स्मार्ट टिभी सार्वजनिक गरेको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बिहिबार मध्यरातमा ट्वीट गरेर यसको जानकारी दिएका हुन् ।

‘सीजी एलईडी नेपालको पहिलो तथा एक मात्र गूगलबाट सर्टिफाइड एड्रोइड टीभीको रुपमा सार्वजनिक भएको छ ।’ चौधरीले ट्वीटमा लेखेका छन् ।

कम्पनीले दुई साइजमा पहिलो एड्रोइड टिभी नेपालमा लन्च गरेको हो । जसमा ए सिरिजका ४० इन्च र ६५ इन्च मोडल रहेको छ।

सीजी एण्ड्रोइड टीभी सिस्टममा आधारित रहेको छ । यसमा डिजिटल मिडिया प्लेयर, सेटटप बक्स, साउण्डबार र टेलिभिजनहरुका लागि गूगलले तयार पारेको एड्रोइड अपरेटिङ सिस्टम हो ।

यस टिभीमा गूगल असिस्टेन्ट बटन दबाएर आवाजबाटै टिभीलाई नियन्त्रण गर्न र आदेशहरु दिन सकिन्छ ।

सीजीको नयाँ टिभीमा क्रोमकास्ट बिल्ट इन रहेको छ भने प्ले स्टोर पनि चलाउन सकिन्छ । यसका साथै स्मार्ट टिभीमा अन्य स्मार्ट होम डिभाइसहरु समेत कनेक्ट गराउन सकिन्छ ।

प्रकाशित: २६ असार २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया