भारतीय बजारमा मोबाइल एसेसरिजको मूल्य बढ्यो, चिनियाँ सामाग्री आयात प्रतिबन्धको असर

Technology Khabar २६ असार २०७७, शुक्रबार

भारतीय बजारमा मोबाइल एसेसरिजको मूल्य बढ्यो, चिनियाँ सामाग्री आयात प्रतिबन्धको असर
सांकेतिक तस्बिर

काठमाडौं ।

भारतीय बजारमा चीनबाट आयातमा प्रतिबन्ध र चीन विरोधी वातावरणका कारण मोबाइल एसेसरिजिजको मूल्य बढेको छ।

भारतीय बजारमा करिब ७० देखि ८० प्रतिशत चार्जरहरू, स्क्रीन गार्डहरू, कभरहरू, केबलहरू चीनबाट आयात हुन्छन्।

चिनियाँ आयात र सामाग्रीमा प्रतिबन्धसँगै अब तिनीहरूको मूल्य २० देखि २५ प्रतिशतले बढेको छ।

चीनबाट आयातमा भन्सारको कडाईको असर देशको मोबाइल उपकरणहरूमा देखा पर्न थालेको बताईएको छ । जसले गर्दा भारतीय बजारमा उत्पादनहरू उपलब्ध छैनन् र यदि तिनीहरू उपलब्ध भएका भएपनि निकै धेरै मूल्यमा मात्र किन्न सकिने अवस्था रहेको छ ।

मोबाइल फोनका लागि अत्यावश्यक हुने एसेसरिज मोबाइल चार्जर, केबल, कभर, स्क्रीन गार्डको मूल्य २० देखि २५ प्रतिशतले बढेको छ।

वास्तवमा यी एसेसरिजहरु चीनबाट आयात हुने र भारतमा बिक्री हुँदै आएका छन् । अब भने भारतीय बजारमा आयात प्रतिबन्धले स्थिति परिवर्तन गरेको छ।

‘एन्टि चाइना सेन्टिमेन्ट’को कारण धेरै व्यापारीहरूले अघिल्लो अर्डरहरू पनि रद्द गरेका थिए । डलरको बिरूद्ध भारुको अवमूल्यनका कारण कच्चा सामाग्रीको मूल्य पनि बढेको छ।

यस्तो अवस्थामा मोबाइल पछि यी सामानहरूको मूल्यवृद्धि हुँदा उपभोक्ताको गोजीमा यसले असर देखाएको छ।

मोबाइल उपकरणहरूमा भारत र चीनबाट उत्पादित सामानको आधा आधा प्रतिशत बजारमा पुग्ने गरेको बताईएको छ। यसमा पनि, भारतमा निर्मित सबै कच्चा पदार्थहरू चीनबाट आउँछन्।अधिकांश उच्च माग ब्याट्री र एलसीडीमा हुने गरेको छ र यी दुबै सामाग्री चीनबाटै भारतमा आयात हुने गरेको छ ।

चिनियाँ उत्पादनको डिजाइन र फिनिसिंग राम्रो हुने हुँदा भारतीय उपभोक्ताहरुले समेत त्यस्ता सामाग्री खरीद गर्न मन पराउँछन्। एजेन्सीका साथ

प्रकाशित: २६ असार २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया