वेब ब्राउजर फायरफक्समा पिक्चर-इन-पिक्चर मोड, कम्प्यूटरमा काम गर्दै भिडियो हेर्न सकिने

  • Technology Khabar | २५ असार २०७७, बिहीबार
वेब ब्राउजर फायरफक्समा पिक्चर-इन-पिक्चर मोड, कम्प्यूटरमा काम गर्दै भिडियो हेर्न सकिने

काठमाडौं ।

वेब ब्राउजर मोजिल्ला फायरफक्सले नयाँ फीचर पिक्चर इन पिक्चर शुरु गरेको छ । कम्पनीले प्रयोगकर्ताहरुलाई भिडियोहरु हेर्दै अन्य कामगर्न सहज बनाउने उद्धेश्यले पिक्चर इन पिक्चर मोड शुरु गरेको हो ।

यसको लागि फायरफक्समा हेरिने कुनैपनि भिडियोहरुमा पिक्चर इन पिक्चर आईकन दिईएको हुन्छ र सो क्लिक गरेपछि तपाईँले हेरिरहेको भिडियो डिस्प्लेको देब्रे कुनामा आएर बस्दछ।

पिक्चर इन पिक्चर मोडमा भएका भिडियोहरुलाई प्रयोगकर्ताले आफ्नो कम्प्यूटर, ल्यापटपको स्क्रीनमा कुनैपनि स्थानमा सार्न तथा त्यसको साइजमा परिवर्तन गर्न सक्नेछन् ।

फायरफक्सकाअनुसार यसमा एकैपटक भिडियो हेर्न र आफ्नो समाचारहरु लाइभ स्ट्रिमिङ्ग गर्न समेत सकिनेछ भने अन्य कामहरु गर्दै भिडियोहरु हेर्न सकिनेछ ।

यो नयाँ फीचरले कुनैपनि एप्स वा वर्कप्लेसमा कामगर्न समस्या नहुने फायरफक्सले जनाएको छ।

प्रकाशित: २५ असार २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...