
काठमाडौं ।
प्रदेश नम्बर ५ का चार जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क निमार्ण र बिस्तारको काम टेकमाइण्डस नेटवर्क प्रालिले गर्ने भएको छ ।
कम्पनीले हालै नेपाल दूरसञ्चार प्राधिकरणको टेण्डर अवार्ड पाएसँगै अर्घाखाँची, गुल्मी, पाल्पा र प्यूठान जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क निर्माण र इन्टरनेट सन्जालको पहुँच बिस्तार गर्ने भएको हो ।
गएको १३ फरवरीमा आव्हान गरिएको आवेदनअनुसार हालै प्राधिकरणले टेण्डरको काम टेकमाइण्डसलाई दिएको हो ।
ति जिल्लाहरुमा कम्पनीले आगामी १२ महिनाभित्र नेटवर्क निर्माण र इन्टरनेट पहुँचको काम सक्नुपर्नेछ ।
यसको लागि प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषको रकम खर्च गर्नेछ जसमा कम्पनीले ४० करोड ४९ लाख २१ हजार ७५ रुपैयाँमा ती स्थानहरुमा नेटवर्क बनाउने छ ।
चितवनसहितका ५ जिल्लामा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई
प्रकाशित: २५ असार २०७७, बिहीबार