ह्वावे क्लामशेल फोल्डेबल फोन ल्याउने तयारीमा, दर्ता गर्यो क्लामशेल फोनको पेटेन्ट डिजाइन

  • Technology Khabar | २५ असार २०७७, बिहीबार
ह्वावे क्लामशेल फोल्डेबल फोन ल्याउने तयारीमा, दर्ता गर्यो क्लामशेल फोनको पेटेन्ट डिजाइन

काठमाडौं ।

हामीले अहिले बजारमा व्यावसायिक रूपमा उपलब्ध केही फोल्डेबल फोनहरू मात्र देखेका छौं र ती दुई मध्ये क्लामशेल डिजाइनका दुई फोनहरु मात्र रहेका छन् । सामसङको ग्यालक्सी जेड फ्लिप र मोटोरोलाको रेजर२०१९।

अब भने यसमा तेस्रो खेलाडी बन्ने तरखरमा चिनियाँ टेक कम्पनी ह्वावे रहेको देखिन्छ ।

कम्पनीले चिनियाँ राष्ट्रीय बौद्धिक सम्पत्ति प्रशासन(सिएनआईपिए)मा दर्ता गरेको एक पेटेन्टले ह्वावेको क्लामशेल फोनको डिजाइनको बारेमा जानकारीहरु बाहिर ल्याएको छ।

तर ध्यानमा राख्नुहोस् कि सबै पेटेन्टहरूले वास्तवमा उत्पादन लाइनमा आफ्नो बाटो बनाउँदैन र ती केबल पेटेन्टको रुपमा मात्र रहन्छन् ।

बाहिर आएको डिजाइनअनुसार ह्यवे क्लामशेलको अग्रभागका साथ सुरू गरेर हेर्दा हामी यो देख्न सक्दछौं की माथि सेल्फी क्यामराका लागि नोच रहनेछ र सायद केहि बायोमेट्रिक सेन्सर राख्नका लागि एउटा ठूलो खालको स्थान दिन्छ। दायाँ तर्फ तपाईं भोल्युम र पावर बटनहरू फेला पार्नुहुनेछ ।

यसको पछाडिको बाँया कुनामा क्यामराहरुको लागि सेटअप छ जुन फ्ल्यासबाट अलग गरिएको छ साथसाथै यसको वास्तविक क्यामरा मुनि लामो दोस्रो डिस्प्ले राखिएको देखिन्छ।

यो फोन फोल्ड नगर्दा पूरै फ्लाट देखिन्छ भने यसको ठिक बिचमा हिंन्ज रहेको छ ।

यो फोनको बारेमा अन्य जानकारीहरु छैन् तर चर्चा भएअनुसार ह्वावेले निकै पातलो अल्ट्रा थिन ग्लास Ultra-Thin Glass(यूटिजी) आफ्नो आउँदो फोल्डेबल फोनमा राख्न सक्नेछ । एजेन्सीका साथ

प्रकाशित: २५ असार २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार