
काठमाडौं ।
नबिल बैंकले बुधवार ललितपुरमा ह्वावेसँग रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र ह्वावे टेक्नोलोजीज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेन नबिल बैंकका लागि क्लाउड डिजिटलकरण सेवाको बारेमा छलफल गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वित्त सेवा व्यापार शाखा, ह्वावे इन्टरप्राइज बीजी का अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा सहभागी थिए ।
दुबै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए । ह्वावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पुर्याउनेछ जस्तै नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन, आदि ।
नबिल बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुनेछ र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले “एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर” (Everywhere is Bank, Banking at anywhere) पूरा गर्नेछ ।
यस रूपान्तरण मार्गमा ह्वावेले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सर्वोच्च ग्राहक अनुभवको लागि स्मार्ट र भरपर्दो समाधान प्रदान गर्नेछ । ह्वावे, एक प्राविधिक कम्पनी, नबिल बैंकलाई अत्याधुनिक टेक्नोलोजी प्रदान गर्न प्रतिबद्ध छ जसले नेपाली जनतालाई नवीन वित्तीय डिजिटल सेवा अनुभव गराउन सक्षम बनाउनेछ ।
नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल शाहले ह्वावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनैतिक साझेदारी गर्न पाएकोमा उत्साह व्यक्त गरे ।
उनले यो साझेदारीले बैंक र ग्राहक वर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनैतिक रूपमा महत्वपूर्ण भएको बताए । उनले भने कि विश्वमा विभिन्न उद्योगको डिजिटल रूपान्तरणमा ह्वावेको व्यापक अनुभवले बैंकलाई साँच्चिकै एक डिजिटल बैंक बनाउन सहयोग गर्नेछ ।
नबिल बैंक डिजिटल रूपान्तरणका प्रकृयाद्वारा नेपाली नागरिकलाई ठूलो मूल्य सिर्जना गर्ने र उत्कृष्ट ग्राहक अनुभवहरूमा केन्द्रित भई अभूतपूर्व बेंचमार्क सेट गर्ने एउटा अग्रणी डिजिटल बैंक बन्ने तर्फ लक्षित भएको हुँदा रणनैतिक साझेदारी एउटा सिक्ने अवसर हुनेछ र अतुलनीय ग्राहक सेवा र अनुभव प्रदान गर्ने सबैभन्दा उन्नत डिजिटल टेक्नोलोजी हुने उनको भनाई छ ।
विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनी, ह्वावेसँग यस उद्योगमा ३० बर्ष भन्दा बढीको अनुभव छ । उक्त अनुभवको उपयोग गरेर ह्वावेले एसिया प्यासिफिक, युरोप, ल्याटिन अमेरिका र मध्यपूर्व जस्ता विश्वव्यापी बजारमा वित्तीय संस्थामा सफलता हासिल गरेको छ । ह्वावेको वित्त क्षेत्रमा रणनैतिक साझेदारका रूपमा छनौट हुनुको सब भन्दा ठूला कारण ईटुई समाधान प्रदान गर्ने क्षमता र १७० मुलुकहरुमा पुगेको स्थानीय सेवा रहेको छ ।
ह्वावेले वित्तीय संस्थाहरूलाई समावेशी वित्त, डाटा संचालित आविष्कारी सेवा र खुला बैंकिङ्ग, पूर्ण कनेक्टिभिटी र उनीहरूको ग्लोबल साझेदारहरूको साथ सेवा गतिशीलता कार्यान्वयनमा डिजिटल रूपान्तरण हासिल गर्नमा मद्दत गर्दछ । हाल ह्वावेले विश्वभर १६०० भन्दा बढी वित्तीय ग्राहकहरुलाई सेवा पुर्याएको छ जसमा ४५ वटा संसारको शीर्ष १०० बैंकहरु मध्ये पर्दछ ।
‘ह्वावे नबिल बैंकलाई डिजिटल रूपान्तरणमा सहयोग पु¥याउन प्रतिबद्ध छ र नेपालमा हाम्रो स्थानीय टिमले नबिल बैंकसँग पूर्ण सहयोगका साथ कार्य गर्नेछ । नबिल बैंकसँगको सम्झौतापत्र हस्ताक्षरले सम्पूर्ण नेपालभर डिजिटल समाधान प्रदान गर्ने लक्ष्यतर्फ थप कदम चालेको संकेत गर्दछ ।’ ह्वावे इन्टरप्राइज बीजीका वित्त सेवा व्यवसाय शाखाका अध्यक्ष, चाओ चोंगले भने ।
डिजिटल क्लाउडलाई विकास गर्ने कम्पनीको निरन्तर प्रयास पूरा गर्न ह्वावे नेपालले जनवरी २०२० देखि क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स स्थानीय संगठन स्थापना गरेको छ जसले सम्बन्धित सेवाहरू केवल स्थानीय सरकार, उद्यम र वाहकहरूप्रति समर्पित गरेको जनाएको छ ।
प्रकाशित: २४ असार २०७७, बुधबार