सामसङ आफ्नो ग्यालेक्सी नोट २० सिरिज लन्च गर्ने तयारीमा, कति तोकिएला बजार मूल्य ?

  • Technology Khabar | २२ असार २०७७, सोमबार
सामसङ आफ्नो ग्यालेक्सी नोट २० सिरिज लन्च गर्ने तयारीमा, कति तोकिएला बजार मूल्य ?

काठमाडौं ।

दक्षिण कोरियाली टेक कम्पनी सामसङले आफ्नो ग्यालेक्सी नोट २० सिरिज गर्ने तयारी गरिरहेको छ। हालै एक रिपोर्टमा भनिएको थियो कि कम्पनीले ५ अगस्टमा ग्यालेक्सी जेड फ्लिप र ग्यालेक्सी फोल्ड २ सँगै यस श्रृंखलाका स्मार्टफोनहरू ल्याउनेछ।

नयाँ स्मार्टफोन यसअघिको सिरिजभन्दा महँगो हुने अनुमान गरिएकोछ । आएका रिपोर्टहरुकाअनुसार ग्यालक्सी नोट २० सीरिजको मूल्य १,२४९ देखि १,४९९ अमेरिकी डलरको बिचमा हुन सक्दछ।

तर सो फोनको बारेमा जानकारी दिईरहने टिप्स्टर आइस यूनिभर्सका अनुसार ग्यालेक्सी नोट २० सिरीजको बेस भेरिएन्टको मूल्य करिब ९,९९ अमेरिकी डलर हुन सक्छ। एकै समयमा यसको टप भेरिएन्ट, अर्थात ग्यालक्सी नोट २० अल्ट्राको लागि १,२९९ अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने हुन सक्छ।

हालको ग्यालेक्सी नोट १० को मूल्य हेर्दा ९४६ अमेरिकी डलरका साथ आउँछ ।

बाहिर आएका जानकारीहरुको आधारमा हेर्दा ग्यालेक्सी नोट २० सीरीज डिभाइसमा स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर वा एक्सनोज ९९२ प्रोसेसरको साथ आउन सक्छ। यसमा फरक फरक बजारहरुको लागि फरक प्रोसेसर प्रयोग हुनसक्नेछ ।

यस सिरिजमा, हामी १६ जीबीसम्मको र्याम र ५१२ जीबी सम्मको आन्तरिक भण्डारणको साथ फोनहरू देख्न सक्नेछौं। सबै डिभाइसहरु इन्फिनिटी-ओ डिस्प्ले १२० हर्ज रेटको साथ आउनेछन् ।

नोट २० सीरीज़ स्मार्टफोन अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सरको साथ आउनेछ। फोनमा कति रियर क्यामरा हुने भन्ने विषय फोनको भेरिएन्टमा निर्भर हुनेछ।

पछिल्लो धेरै दिनदेखि यस फोनको बारेमा लीक र रेन्डरहरू आईरहेका छन् । यसैबीच, इन्टरनेटमा सामसगले ग्यालेक्सी नोट २० अल्ट्राको तस्वीर शेयर गरेको छ। कम्पनीले गल्तीले यो फोटो आफ्नो यूक्रेन वेबसाइटमा पोस्ट गरेको थियो। एजेन्सीका साथ

प्रकाशित: २२ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...