कृषि विकास बैंकको सूचना प्रविधि प्रणाली ह्याक गर्ने फरार आरोपित व्यक्ति पक्राउ

  • Technology Khabar | २१ असार २०७७, आईतवार
कृषि विकास बैंकको सूचना प्रविधि प्रणाली ह्याक गर्ने फरार आरोपित व्यक्ति पक्राउ
सांकेतिक

काठमाडौं ।

कृषि विकास बैंकको सूचना प्रविधि प्रणाली ह्याक गरेर रकम रकमान्तर गरी भुक्तानी लिने फरार आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका २ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका ५ बस्ने ३६ वर्षीय सौजन तामाङलाई ललितपुर ललितपुरको जावलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ तामाङलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

यसअघि २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका व्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिको समूहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याएका थिए ।

सूचनाको आधारमा सो महाशाखाबाट अनुसन्धानको क्रममा असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरी उनीहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाडौं पठाएको थियो ।

सोहि मुद्धामा फरार रहेका तामाङलाई प्रहरीले हाल पक्राउ गरेको अपराध महाशाखा टेकुले जनाएको छ ।

प्रकाशित: २१ असार २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २१ असार २०७७, आईतवार