सन् २०१९ मा विश्वभर ई-वेस्ट उत्पादन ५ करोड ३० लाख टन भन्दा बढी, सबैभन्दा धेरै एशियाबाट

  • Technology Khabar | २१ असार २०७७, आईतवार
सन् २०१९ मा विश्वभर ई-वेस्ट उत्पादन ५ करोड ३० लाख टन भन्दा बढी, सबैभन्दा धेरै एशियाबाट

काठमाडौं ।

सन् २०१९ मा विश्वव्यापीरूपमा उत्पादन गरिएको इलेक्ट्रोनिक फोहोरहरु (ई-वेस्ट) को मात्रा ५ करोड ३६ लाख मेट्रिक टनमा पुगेको छ ।

पछिल्लो ५ वर्षमा यो ९२ लाख मेट्रिक टनले वृद्धि भएको संयुक्त राष्ट्रको ग्लोबल ई-वेस्ट मनिटर २०२० रिपोर्टले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र संघले ब्याट्री वा प्लगको साथ खारेज गरिएको कुनै पनि वस्तुहरुलाई ई-वेस्टलाईको रूपमा परिभाषित गर्दछ । यसका साथै पारो जस्ता विषाक्त र खतरनाक पदार्थहरूलाई पनि समावेश गर्दछ, जसले मानव र वातावरणीय स्वास्थ्यलाई गम्भीर जोखिममा लिन सक्छ।

रिपोर्टका अनुसार सन् २०१९ मा १ करोड ७४ लाख टन इवेस्टमा साना उपकरणहरू रहेका छन, जबकि १ करोड ३० लाख मेट्रिक टन ठूलो उपकरणहरू थिए, र तापमान परिवर्तन गराउने उपकरणहरू करीव १ करोड १० लाख मेट्रिक टन थिए।

स्क्रीनहरू र मोनिटरहरू, सानो आईटी र टेलिकम्युनिकेशन उपकरणहरू, र बत्तीहरूकोअंश क्रमशः ६७ लाख मेट्रिक टन, ४७ लाख मेट्रिक टन र ९ लाख मेट्रिक टन थियो ।

यस्तो ई-वेस्ट उत्पादन गर्नेमा एसिया सबैभन्दा ठूलो भागिदार रहेको थियो, सन् २०१९ को अवधिमा लगभग २ करोड ५० लाख मेट्रिक टनसहित ई-वेस्टको सबैभन्दा ठूलो खण्ड यसले उत्पादन गर्‍यो ।

यसपछि अमेरिका १ करोड ३० लाख मेट्रिक टन र युरोप १ करोड २०लाख मेट्रिक टन उत्पादन गरेको थियो । यसैबीच, अफ्रिका र ओशिनियाले क्रमशः २९ लाख मेट्रिक टन र ७ लाख मेट्रिक टन उत्पादन गरे।

प्रति व्यक्ति आधारमा हेर्दा युरोप र ओशिनिया चार्टमा सबैभन्दा माथितिर थिए । यी क्षेत्रका देशहरुले १६ किलोग्राम प्रति व्यक्ति, र अमेरिका करीव १३ किलोग्राम उत्पन्न गरिएको थियो । एसिया यसमा तल्लो छेउमा थियो जसले प्रति व्यक्ति ५.६ केजी फोहोर उत्सर्जन गरेको थियो, जबकि अफ्रिकाको केवल २.५ केजी थियो।

प्रति व्यक्ति संख्याको आधारमा हेर्दा प्रतिवेदनकाअनुसार सन् २०१९ मा औसत पुरुष, महिला र बालबालिकाले औसतमा प्रति व्यक्ति ७.६ केजी ई-वेस्ट उत्पादन गरेका थिए।

इलेक्ट्रोनिक फोहोरहरुको उत्पादन बढेपनि सोहि अनुसारको त्यसलाई रिसाइक्ल भने गर्न सकिएको छैन् । प्रतिवेदनले सन् २०१९ मा केबल १७ प्रतिशत त्यस्ता ईवेस्टलाई मात्र संकलन र पुर्नप्रयोग गर्न सकिएको उल्लेख गरेको छ ।

त्यसैगरि इलेक्ट्रोनिक फोहोरको लागि छुट्टै नीति बनाउने देशहरुको संख्या सो वर्षमा १७ वटा थपिँदै कुल ७८ पुगेका छन् ।

प्रकाशित: २१ असार २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • २१ असार २०७७, आईतवार