फेसबुकले क्यान महासंघ र आईजीआईसँग मिलेर नेपाली साना मझौला उद्यमलाई प्रबर्द्धन गर्ने

Technology Khabar २१ असार २०७७, आईतवार

काठमाडौं ।

फेसबुकले क्यान महासंघ र इन्टरनेट गर्भनेन्स इन्स्टिच्यूट(आईजीआई)को सहकार्यमा नेपाली साना तथा मझौला उद्यमहरुलाई प्रबद्र्धन गर्न सहयोग गर्ने भएको छ ।

क्यान महासंघ, आईजीआई र फेसबुकले #बूस्टविथफेसबुक (#BoostwithFacebook) सहकार्य योजना शुक्रबार घोषणा गरेका छन् । विश्वभर देखिएको कोरोनाभाइरसको महामारीका बिच स्थानिय साना र मझौला संस्थाहरुलाई उद्धार गर्न सहकार्य गर्ने भएका हुन् ।

यस सहकार्यअन्तरगत सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयहरुले समेत सहयोग गर्नेछन् ।

यसअन्तरगत एसएमईहरुले पार्टनरहरुको वेबसाइटहरुमा ह्वाईटलिस्टेड कन्टेन्टहरु उपलब्ध गराउन सक्नेछन् ।

‘क्यान फेडेरेसन एसएमईहरुलाई योगदान गर्न पाउँदा उत्साहित भएको छ, जून नेपालको अर्थतन्त्रको आधारशिला हो, यो कठिन परिस्थितीमा डिजिटल टूल्स र प्लेटफर्महरु प्रयोग गरेर उनीहरुको व्यवसाय उद्धार गर्न सहयोग गर्नेछौं,’ क्यान फेडेरेसनका अध्यक्ष नवराज कुँबरले भने ।

यस सहकार्यअन्तरगत संस्थाहरुले गएको जुलाई ३ तारिखमा पहिलो क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेका थिए भने यो आगामी दिनमा १० हजार एसएमई र नेपाली युवाहरुलाई उनीहरुको डिजिटलमा आधारित व्यवसाय बिस्तार गर्न तालिमहरु उपलब्ध गराईने छ ।

‘फेसबुकसँगको प्रबद्र्धनको उद्धेश्य भनेको अहिलेको आर्थिक चुनौतीहरुका बिचमा व्यवसायहरुलाई डिजिटल टूल्स, ज्ञान र सिपयुक्त बनाएर उनीहरुलाई ससक्त एकआपसमा समुदायको रुपमा निर्माण गर्नु हो,’ फेसबुकमा भारत, दक्षिण तथा मध्य एशियाका लागि पोलिसी प्रोग्राम्स प्रमुख शेली थाक्रालले भनिन्।

उनले फेसबुकसँगको प्रबद्र्धनले साना तथा मझौला व्यवसायहरुलाई उनीहरुको कथा भन्न र उनीहरुको अडियन्सहरुसँग सहि सम्पर्क निर्माण गर्न आवश्यक टूल्स दिने बताईन् ।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले नेपालमा एसएमईहरुलाई सहयोग गर्न नेपाल सरकार बहु सरोकार निकायहरुसँगको सहकार्य गर्न सहयोगी रहँदै आएको बताए । उनले डिजिटल नेपाल फ्रेमवर्क सरकारको एउटा महत्वपूर्ण कार्यक्रम हो जसमा सरकारी सार्वजनिक र निजी सहकार्यमा जोड दिईएको स्पष्ट पारे ।

प्रकाशित: २१ असार २०७७, आईतवार

तपाइको प्रतिक्रिया