सगरमाथा आधार शिविरसम्म एभरेष्ट लिंकले वाईफाई सेवा पुर्याउने, लागत ७ करोड रुपैयाँ

Technology Khabar २१ असार २०७७, आईतवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सगरमाथा आधार शिविरमा वाईफाई सेवा संचालन गर्नको लागि एभरेष्ट लिंक प्रालिलाई जिम्मा दिएको छ।

गत बैशाखमा प्राधिरकणले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा वाईफाई सेवा पुर्याउन ईच्छुक कम्पनीहरुसँग प्रस्ताव माग गरेकोमा एभरेष्ट लिंक प्रालि छनौटमा परेको छ ।

कम्पनीले अब सगरमाथाको आधार शिविरसम्म वाईफाई सेवा संचालन गर्नुपर्नेछ ।

एभरेष्टले अबको ८ महिनाभित्र अर्थात आउँदो फागुन महिनाभित्र बेस क्याम्पसम्म वाईफाई सेवा पुर्याईसक्नुपर्नेछ ।

यसका साथै सोलुखुम्बुको नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म अप्टिकल फाईबर इन्टरनेट नेटवर्क बिस्तार गर्नुपर्नेछ ।

हाल छनौट भएको एभरेष्ट लिंक प्रालिलाई प्रतिस्पर्धाको आधारमा प्राधिकरणले सो जिम्मा दिएको जनाएको छ । कम्पनीले यसको लागि प्राधिकरणबाट ६ करोड ९९ लाख ९ हजार २२० रुपैयाँ अनुदान प्राप्त गर्नेछ ।

सगरमाथा आधार शिविरमा वाईफाई पुर्याउने योजनाको लागि प्राधिकरणले अधिकतम ८ करोड रुपैयाँ प्रस्ताव गरेको थियो ।

कम्पनीले सो क्षेत्रमा आगामी २५ वर्षसम्म सेवा संचालन गर्नुपर्नेछ । छनौट भएको कम्पनीले दैनिक आधा घण्टाको लागि निशुल्क वाईफाई दिनेछ भने त्यसपछिको अवधिको स शुल्क सेवा दिन पाउनेछ ।

*हेडलाइन सम्पादित

यो पनि हेर्नुस्-

सगरमाथा आधार शिविरमा वाई-फाई सेवा पुर्याउने दूरसञ्चार प्राधिकरणको योजना

प्रकाशित: २१ असार २०७७, आईतवार

तपाइको प्रतिक्रिया