
काठमाडौं ।
अमेरिकाको बहुराष्ट्रिय कम्पनी इंटेलले रिलायन्स इन्डस्ट्रीजको जियो प्लेटफर्ममा २५ करोड ३५ लाख अमेरिकी डलर अर्थात १८.९५ अर्ब भारु लगानी गर्नेछ। यसका साथ रिलायन्स जियोमा करीव तीन महिनामा विदेशी कम्पनीले गरेको १२ औं लगानी हो।
यसभन्दा पहिले फेसबुक, सिल्वर लेक पार्टनर्स, भिस्टा, जनरल अटलान्टिक, केकेआर, मुबाडाला, सिल्वर लेक, एडीआईए, टीपीजी, एल क्याटरटन, पीआईएफले जिओमा लगानी गरिसकेका छन् ।
रिलायन्सले जियो प्लेटफर्मको शेयर बिक्रीबाट मात्रै १.१८ खर्ब भारु करोड उठाएको छ। रिलायन्सले जियो प्लेटफार्ममा २५.०९ प्रतिशत सेयरका लागि लगानी प्राप्त गरिसकेको छ।
इंटेल क्यापिटलसँगको यो लगानी साझेदारी जियो प्लेटफर्मको लागि ४.९१ लाख करोडको इक्विटी मूल्यको आधारमा भयो। जियो प्लेटफर्मको इन्टरप्राइज मूल्य ५.१६ लाख करोड भारु तय गरिएको छ।
यस लगानीमार्फत इंटेल क्यापिटललाई जियो प्लेटफर्मको ०.३९ प्रतिशत हिस्सा दिइनेछ। एजेन्सीका साथ
प्रकाशित: १९ असार २०७७, शुक्रबार