गूगलद्धारा आफ्नो यूट्यूब टिभीको सेवा शुल्कमा ३० प्रतिशतले वृद्धि

  • Technology Khabar | १७ असार २०७७, बुधबार

काठमाडौं ।

अल्फाबेट इंकको गूगलले आफ्नो यूट्यूब टिभीको सेवा शुल्कमा वृद्धिगरेको छ ।

कम्पनीले सामग्रीको बढ्दो लागतलाई उल्लेख गर्दै यूट्यूब टिभी अनलाइन सेवाको मूल्य ३० प्रतिशतले बढाएर ६४.९९ अमेरिकी डलर प्रतिमहिना गरेको छ ।

मंगलबारदेखि बढेको मूल्य लागू हुनेछ । जसमा कोरोनाभाइरसका कारण अझैपनि लाइभ इभेन्टहरू, चलचित्र थिएटरहरू र खेलकुद कार्यक्रमहरूमा प्रतिबन्धको कारण बन्द वा रद्द भएको हुँदा अनलाइन सामग्रीको मागको बृद्धि भएकोछ ।

अप्रिल २०१ढ मा गूगलले पछिल्लो पटक यसको यूट्यूब टिभी सदस्यता लागत २५ प्रतिशतले वृद्धि गर्दै ४९.९९ अमेरिकी डलर पुर्याएको थियो ।

कम्पनीले भनेको छ कि मूल्य वृद्धिले यूट्यूब टिभीको पूर्ण मूल्य झल्काउँछ, जसले प्रमुख प्रसारण नेटवर्कहरू जस्तै ‘डेली शो विद ट्रेभर नोह’, ‘स्पन्जबब स्क्वायरपन्ट्स’ र भर्खरै सुरू गरिएको एचबीओ म्याक्स सेवा जस्ता प्रमुख कार्यक्रमहरू उपलब्ध गराउँछ ।

यसका साथै यसले यूट्यूब सिर्जनाकर्ता, ट्रेन्डिंग यूट्यूब भिडियो, र यूट्यूब ओरिजिनलबाट पनि कटेन्टहरु ल्याउँछ। एजेन्सीका साथ

प्रकाशित: १७ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार