
काठमाडौं ।
मोबाइल एप्स तथा सफ्टवेयरहरु समेत अब प्रतिलिपि अधिकारअन्तरगत पर्ने भएको छ।
सरकारले जेठमा संसदमा प्रस्ताव गरेको प्रतिलिपि अधिकार ऐन, २०५९ लाई संसोधन गर्न बनेको विधेयकले सूचना प्रविधि क्षेत्रका नयाँ विषयहरु थप गरि प्रतिलिपि अधिकारमा समावेश गरेको हो ।
यसअघि हाल रहेको प्रतिलिपि अधिकार ऐन, २०५९ मा सूचना प्रविधिको क्षेत्रमा कम्युटर प्रोग्रामलाई मात्र रचनाको मान्यता दिँदै प्रतिलिपि अधिकारको मान्यता दिएको थियो ।
तर अब भने सरकारले संसदमा पेश गरेको पहिलो संसोधनले प्रतिलिपि अधिकारअन्तरगत कम्युटर प्रोग्राम, डाटाबेस, मोबाइल एप्स तथा सफ्टवेयरलाई समेत रचनाअन्तरगत राखेको हो ।
यसका साथै नयाँ ऐनले प्रसारणको व्याख्यालाई समेत परिवर्तन गरेको छ ।
हालको ऐनमा प्रसारण भन्नाले सार्वजनिक जानकारीको लागि रचनाको प्रदर्श वा सञ्चार वा तारबिहिन उपकरण वा भू-उपग्रहको माध्यमद्धारा गरिने श्रव्य वा श्रव्यदृश्य रचनाको प्रसारण सम्झनु पर्छ भन्ने विषयलाई संसोधन गर्दै त्यसमा तारयुक्त भन्ने शब्द थप गरेको छ।
त्यसैगरि नयाँ ऐनले कुनैपनि त्यस्तो रचनालाई कुनै मुलुकमा पहिलो पटक प्रकाशन भएको मितिले ३० दिन भित्र अन्य मुलुकमा समेत प्रकाशन भएमा त्यस्तो रचनालाई एकै पटक प्रकाशन भएको मानी संरक्षणको कार्य गर्ने समेत प्रस्तावित संसोधनमा राखिएको छ ।
यसका साथै नयाँ प्रस्तावित संसोधनले दण्ड जरिवाना समेत दोब्बर बनाउने भएको छ ।
प्रतिलिपि अधिकार ऐन, २०५९ लाई संसोधन गर्न बनेको विधेयक हाल राष्ट्रिय सभामा छलफलको क्रममा छ ।
यस्तो छ प्रस्तावित संसोधन-
w4g511x5whsq90cjप्रकाशित: ९ असार २०७७, मंगलवार