Technology Khabar ५ असार २०७७, शुक्रबार
काठमाडौं ।
सोशल मिडिया कम्पनी फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विज्ञापन प्रचार सामाग्रीलाई हटाएको छ ।
फेसबुकले अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको प्रचार विज्ञापन हटाएको छ । सो विज्ञापनले संगठितरुपमा घृणा फैलाएको भन्दै कम्पनीले हटाई दिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी प्रचार सामाग्रीमा रातो उल्टो त्रिकोण प्रयोग गरिएको थियो। त्यसमा एन्टिफा नामक संगठनको विरुद्धमा हस्ताक्षर संकलन गर्न भनिएको थियो ।
यस्तो संकेत नाजीहरूले राजनीतिक बन्दीहरू, कम्युनिष्टहरू र थुना केन्द्रहरूमा बन्दी र अन्यका लागि प्रयोग गर्ने गरेका थिए ।
‘हाम्रो नीतिले जुन प्रसंगको निन्दा वा छलफलको प्रसंग बिना प्रतिबन्धित घृणा समूहको प्रतीकलाई राजनीतिक कैदीहरू पहिचान गर्न प्रयोग गर्न निषेध गर्दछ,’ फेसबुक कम्पनीका प्रवक्ताले भने।
बिहीबार हाउसको इन्टेलिजन्स कमेटी समक्ष विज्ञापन हटाउने पुष्टि गर्दै कम्पनीको सुरक्षा नीति प्रमुख नाथन ग्लिचरले घृणा सम्बन्धी विचारधाराको कुनै पनि संकेत देखाउने अनुमति नदिने बताएका थिए ।
‘कुनै सन्दर्भको साथ वा निन्दाको लागि प्रयोग गरिने छैन। जब यी दुई उद्देश्यहरू मध्ये कुनैको लागि संकेत प्रयोग हुँदैन, हामी यसलाई फेसबुक प्लेटफर्ममा प्रदर्शन गर्नअनुमति दिदैनौं,’ ग्लिमरले भनेका थिए।
सो विज्ञापन बुधबार जारी गरिएको थियो।

ट्रम्पको प्रचार अभियान सम्पर्क निर्देशक टिम मुर्टोले भने रातो रंगको त्रिकोण एन्टीफाद्वारा प्रयोग गरिएको दाबी गरेका छन् । उनले भने कि- ‘यो चिह्न एन्टी-डिफेमेशन लीगमा घृणा-प्रतीकहरूको सूचीमा समावेश गरिएको छैन।’
एन्टिफा भन्ने शब्द चरम वामपन्थी सोचका लागि प्रयोग गरिन्छ, जो कुनै संगठनात्मक संरचनामा नभई विचारधारासँग जोडिएका हुन्छन्। ट्रम्पले अमेरिकामा हालसालै भएको विरोध प्रदर्शनमा भइरहेको हिंसाको लागि एन्टिफालाई आरोप लगाउँदै आएका छन् । एजेन्सीका साथ
प्रकाशित: ५ असार २०७७, शुक्रबार