कोठामा भएको साधारण बल्बबाटै जासूसी गर्न सकिने, ‘लाम्फोन अट्याक’बाट कुराकानी सुन्न सकिने

  • Technology Khabar | ५ असार २०७७, शुक्रबार
कोठामा भएको साधारण बल्बबाटै जासूसी गर्न सकिने, ‘लाम्फोन अट्याक’बाट कुराकानी सुन्न सकिने

काठमाडौं ।

मानिसहरुको जासूसी गर्नका लागि स्मार्ट उपकरणहरुको माध्यम प्रयोग हुने रिपोर्टहरु धेरै आएका छन तर अब यो भन्दा बढि अचम्मित पार्ने विषय बाहिर आएको छ ।

अहिले सम्म हामीले स्मार्टफोन, स्मार्ट टिभी, ल्यापटप, ट्याब्लेट, स्मार्ट फ्रिज वा स्मार्ट माइक्रोवेभको माध्यमबाट डाटा लीक हुने गरेको सुनेका छौं। तर तपाईं यो कुरा थाहा पाउँदा चकित हुनुहुनेछ कि यसको लागि तपाईंको घरमा जडान गरिएको बिजुली बल्ब स्मार्ट हुन पनि आवश्यक पर्दैन।

हो, तपाईंको कोठामा एक प्रकाश बल्बले तपाईंको जासूसी गर्न सक्छन्।

इजरायलको बेनगुरियन विश्वविद्यालय र वेज्मान इन्स्टिच्युट अफ साइन्सका अन्वेषकहरूले एउटा अनौंठो तरीका विकास गरेका छन् जसमा कोठाको कुराकानी प्रकाश बल्बलाई मात्र हेरेर सुन्न सकिन्छ।

अन्वेषकहरूले यसलाई ‘लाम्फोन अट्याक’ नाम दिएका छन्। यो बल्ब कम्पन हुँदा रियल टाइम प्यासिभ रिकभरी साउण्डको माध्यमबाट भईरहेको कुराकानीलाई २५ मिटरको दूरीबाट सुन्न सकिन्छ।

यो आक्रमण रिमोट इलेक्ट्रो-अप्टिकल सेन्सरको माध्यमबाट गरिन्छ, ताकि प्रकाश बल्बको ध्वनिप्रति फ्रिक्वेन्सी प्रतिक्रिया विश्लेषण गर्न सकियोस्।

अनुसन्धानकर्ताहरुले एक एल्गोरिदम सिर्जना गरेका छन् जसबाट लाइट बल्बको फ्रिक्वेन्सी र कम्पनबाट संकलन गरिएको अप्टिकल मापनद्वारा ध्वनिलाई पुनः प्राप्त गर्न सकिन्छ।

अनुसन्धानकर्ताहरुले लाम्फोन अट्याकलाई एउटा कार्यालय भवनमा परीक्षण गरेका थिए । त्यहाँ पर्दाको पर्खाल थियो र १२ वाटको ई२७ एलईडी बल्ब झुण्डिएको थियो, सो स्मार्ट बल्ब होईन्।

उनीहरुले सो भवन अगाडीको पुलमा विभिन्न लेन्सका (१०,२० र ३५ सेमी) भएका तीनवटा टेलिस्कोपहरू राखेका थिए। ती लेन्सबाट प्राप्त हुने यसका साथै त्यहाँ माइक्रोफोनबाट प्राप्त भएको ध्वनी मापनलाई समेत छुट्टै ग्राफमा राखिएको थियो ।

दुबैबाट प्राप्त ध्वनीबाट समान इक्वलाइजर बनाईएको थियो र सो एकै प्रकारले सटिक रहेको पत्ता लागेको थियो ।

तर यो लाम्फोन अट्याक सबै स्थान र लाइट बल्बमा एकै प्रकृतीको नहुने बेफाइदा समेत भेटिएको थियो । एजेन्सीका साथ

प्रकाशित: ५ असार २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ५ असार २०७७, शुक्रबार