शेयर खरिद बिक्रीमा विद्युतीय रकमको कारोबार सीमा हटाउन धितोपत्र बोर्डको सुझाब

  • Technology Khabar | ३ असार २०७७, बुधबार
शेयर खरिद बिक्रीमा विद्युतीय रकमको कारोबार सीमा हटाउन धितोपत्र बोर्डको सुझाब

काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्री गर्दा हुने विद्युतीय माध्यमबाट हुने रकमको कारोबारमा सीमा नतोक्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।

बोर्डले मंगलबार विभिन्न ४ बुँदाहरुको सम्बन्धमा सम्बोधन गर्न सम्बन्धित संस्थाहरुलाई निर्देशन दिन भन्दै राष्ट्र बैंकलाई पत्र पठाएको हो ।

सोहि पत्रमा शेयर बजार खुला गराउन आवश्यक पर्ने पक्षहरुमा शेयर खरिद बिक्री भएपछि हुने विद्युतीय रकमको कारोबारमा रहेको सीमा हटाउनुपर्ने सुझाबसहितको पत्र पठाएको हो ।

जसमा केन्द्रिय बैंक मातहतका वित्तीय संस्थाहरुलाई सो बारेमा निर्देशन दिन समेत अनुरोध गरिएको छ ।

यसबाहेक बोर्डले शेयरको मूल्यांकनको ६५ प्रतिशत कर्जा प्रवाह गर्ने, ब्याज तिर्नुपर्ने समय असोज मसान्तसम्म बढाउने, मार्जिन कारोबारका लागि प्रवाह हुने ऋणको ब्याजदर शेयर धितोमा कर्जाको ब्याजदर भन्दा कम हुने व्यवस्था मिलाउनुपर्ने सुझाव समेत दिएको छ ।

प्रकाशित: ३ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...