Technology Khabar ३ असार २०७७, बुधबार
काठमाडौं ।
कोरोनाभाइरस महाव्याधीको कारणले शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा हजारौं विद्यार्थीहरु घरमै बसिरहेका छन् । एसईई नगर्ने सरकारको निर्णयसंगै फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी प्रालिले एसईई र प्लस टू अध्ययन गरेका विद्यार्थीहरुको लागि अनलाइनमा सि र सि प्लस प्रोग्रामिङ ल्याङ्गवेज निशुल्क पढाउने भएकोछ ।
फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले एसईई र प्लस टू अध्ययन गरेका विद्यार्थीहरुलाई सि र सि प्लस प्रोग्रामिङ ल्याङ्गवेज निशुल्क पढाउने जानकारी दिए।
फेस्टमा विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको छ ।
फेस्ट कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको फेस्ट कम्पनीका संस्थापक तथा सिईओ विक्कि महतले बताए।
लकडाउनसम्म विद्यार्थीहरुले घरमै बसेर पनि निशुल्क सि र सि प्लस ल्याङ्गवेज पढ्न पाउनेछन् । अध्ययन गर्ने विद्यार्थीहरुले अनलाइन फाराम असार १० गते सम्म भरिसक्नु पर्नेछ । अनलाइन फाराम भरेका सम्पुर्ण विद्यार्थीलाई अनुभवी शिक्षकले निशुल्क सि र सि प्लस प्रोग्रामिङ पढाउने जय भाटले बताए ।
यसअघि फेस्टले लकडाउनमा बालबालिकालाई मोबाइल एपमै निशुल्क वर्णमाला सार्वजनिक गरेको थियो ।
यदि तपाईँपनि यसमा सहभागी हुन चाहनुहुन्छ भने दर्ता हुन यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: ३ असार २०७७, बुधबार