शाओमीले १६५ हर्जको गेमिङ्ग मोनिटर बजारमा ल्याउने तयारी गर्दै

Technology Khabar १ असार २०७७, सोमबार

काठमाडौं ।

शाओमीले रेडमीअन्तरगत बजेट रेडमी मोनिटरको रिलिज पछि नयाँ मोनिटरहरु लन्च गर्ने तयारी गरेको छ।

शाओमीले गेम उन्मुख मोनिटरहरूको बारेमा केही जानकारी आएको छ र त्यसमा २४.५, २७ र २९.५ इन्चको आउने बताईएको छ।

२४.५ इन्च मोडल सेप्टेम्बरको कुनै समयमा लन्च हुने अपेक्षा गरिएको छ भने यो जुलाईको प्रारम्भमा कम्पनीले २७ इन्चको १६५ हर्ज मोनिटरको घोषणा गर्ने आशा गरिएको छ।

यसभन्दा अगाडि गएर यदि सबै योजनाअनुसार चलेको खण्डमा कम्पनीले २७ इन्च र २९.५ इन्च भेरियन्टहरूमा अर्को फोरके मोडल रिलिज गर्नेछ।

यसका अतिरिक्त शाओमीले नन गेमिग मोनिटर २७ इन्चमा र अन्य दुईवटा गेमिग मोनटिरहरु २३.८ इन्च र २७ इन्चको ल्याउने बताईएको छ । तर यी कहिले आउँछन भन्ने स्पष्ट जानकारी छैन् । एजेन्सीका साथ

प्रकाशित: १ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया