
काठमाडौं ।
नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि.ले कम मूल्यको स्तरीय फोरजी स्मार्टफोन नोकिया सि २ बजारमा ल्याएको छ ।
यो स्मार्टफोनमा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ ।
नोकिया सि २ स्मार्टफोनमा ५.७ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले छ जसलाई टफन ग्लासद्धारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ ।
यसमा एन्ड्रोयड ९ पाई गो एडिसन Android 9 Pie (Go edition) अपरेटिङ्ग सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिङ्ग सिस्टम हो । गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ ।
फोनमा १ जीबी र्याम र १६ जीबीको स्टोरेज छ भने माइक्रो एसडी कार्डद्धारा ६४जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गूगल असिस्टेन्ट बटन पनि छ ।
यो स्मार्टफोनमा बदल्न मिल्ने २८०० एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ ।
फोटोग्राफीको लागी नोकिया सि २ फोरजी स्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५ मेगापिक्सेल क्यामरा, सेन्सर एलईडी फ्ल्यास् लाइट रहेको छ । यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्डर्ड क्यामरा फिचरहरु रहेको छ । यसमा अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटि फिचरहरुरहेका छन ।
नोकिया सि २ स्मार्टफोनको बजार मूल्य रु.९,२९९/– पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिने कम्पनीले जानकारी दिएको छ।
फोनमा ३.५ एमएमको अडियो ज्याक, ब्लूटूथ,जीपीएस, एम्बिएन्ट लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर,एक्सेलेरोमिटरलगायतका फीचरहरु छन् ।
साथै अहिले बजारमा उपलब्ध भईरहेको नोकिया सि १ र नोकिया २.३ स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरु द्धारा अत्यन्त रुचाएको कम्पनीले दाबी गरेको छ ।
साथै नोकियाका फिचर फोनहरु र नोकिया स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध भएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १ असार २०७७, सोमबार