यस्तो डिजाइनमा आउनेछ सामसङको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट २०

  • Technology Khabar | ३१ जेष्ठ २०७७, शनिबार
यस्तो डिजाइनमा आउनेछ सामसङको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट २०

काठमाडौं ।

सामसङको बहुप्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट २० को बारेमा धेरै जानकारीहरु आईसकेको छ । कम्पनीले ग्यालेक्सी सिरिजमा ल्याउने दुई मोडलका फोनहरु कस्तो डिजाइन र फीचरसहित आउँछ भन्ने चर्चाको विषय रहेको छ ।

हाल आएको नयाँ जानकारीअनुसार सामसङ ग्यालेक्सी नोट २० सिरिजको डिस्प्ले नयाँ डिजाइनमा आउने छ । रिपोर्टअनुसार सामसङको ग्यालेक्सी नोट २० मा फ्ल्याट डिजाइन हुने बताईएको छ ।

दक्षिण कोरियाली टेक कम्पनी सामसङले बजारलाई निकै नजिकबाट हेर्ने गरेको छ भने कम्पनीले प्रयोगकर्ताहरुको चाहनाअनुसार विभिन्न डिजाइनहरुका साथ नयाँ फीचरहरु राख्ने गरेको छ।

त्यसैले पनि कम्पनीले प्रतिस्पर्धात्मक बजारमा आफ्नो बर्चश्व कायम राख्न यस पटक नोट २० सिरिजको डिजाइनमा परिवर्तन गरेको छ।

हालै आएको सामसङ ग्यालेक्सी नोट २० र नोट २० प्लस बिचको प्रमुख भिन्नता भनेको यसको डिस्प्ले डिजाइन हुनेछ । जसमा नोट २० फ्ल्याट डिस्प्ले डिजाइनमा आउनेछ भने नोट २० प्लसमा कर्भ्ड डिजाइन हुनेछ । एजेन्सीका साथ

प्रकाशित: ३१ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ३१ जेष्ठ २०७७, शनिबार