फेसबुकले जिफी किनेको बारेमा बेलायतको प्रतिस्पर्धा अधिकारीहरुले छानबिन गर्दै

Technology Khabar ३१ जेष्ठ २०७७, शनिबार

काठमाडौं ।

फेसबुकले हालसालै किनेको जीआईएफ बनाउने कम्पनी जिफीको खरिद बारेमा बेलायतको प्रतिस्पर्धा अधिकारीद्धारा छानबिन शुरु भएको छ ।

जिफीको छोटो भिडियो एनिमेसनहरु फेसबुकमा सबैभन्दा धेरैप्रयोग हुने गरेको र लोकप्रिय रहेकोछ । यसबाहेक यसले टिकटक, ट्विटर र स्न्यापच्याटमा पनि एनिमेसनहरु उपलब्ध गराउँछ ।

फेसबुकले जिफीलाई केहि समयअघि करिब ४०० मिलियन डलरमा अधिग्रहण गरेको थियो ।

हाल बेलायको प्रतिस्पर्धात्मक बजार हेर्ने नियमनकारी निकाय कम्पिटिसन एण्ड मार्केट्स अथोरिटी(सिएमए)ले त्यस खरिदको अनुसन्धान शुरु गरेको हो ।

विशेषगरि यस अनुसन्धानमा कसरी र यदि यो डिलले प्रतिस्पर्धालाई बजारमा कम हुन्छ वा हुँदैन भन्ने हेर्नेछ ।

सो संस्थाले फेसबुकलाई विशेष आदेश दिँदै यो अनुसन्धान नसकिएसम्म कुनैपनि कम्पनीको मर्जरलाई रोक्न भनेको छ ।

गएको मे महिनामा भएको खरिदमा फेसबुकले जिफीको आधा ट्राफिक फेसबुक सहित ह्वाट्सएप र इन्स्टाग्राम एप्सबाट आउने गरेको बताएको थियो । तर यो डिलले अन्य कम्पनीहरुसँगको सम्बन्धलाई कुनै असर नपर्ने दाबी गरेको थियो ।

सिएमएले जुलाई ३ सम्म त्यसमा आफ्नो भनाई राख्न फेसबुकलाई भनेको छ ।

जिफी जीआईएफ छोटो भिडियो र तस्वीरहरुको लागि सबैभन्दा ठूलो प्लेटफर्म हो । जहाँ रहेका जीआईएफहरु निशुल्क प्रयोग गर्न सकिन्छ । एजेन्सीका साथ

प्रकाशित: ३१ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया