काठमाडौं ।
सोनी आफ्नो नयाँ पुस्ताको गेमिङ्ग कन्सोल प्लेस्टेशन ५ नयाँ डिजाइनका साथ सार्वजनिक गरेको छ । एक भर्चुअल इभेन्टबाट कम्पनीले नयाँ प्लेस्टेशन ५ ल्याएको हो ।
वास्तवमा, कम्पनीले यसलाई दुई संस्करणहरुका साथमा ल्याएको छ । जसमा पहिलो स्ट्याण्डर्ड संस्करण र अर्को अप्टिकल ड्राइभको साथ डिजिटल संस्करण।
प्लेस्टेशनसँग एक पातलो, ठाडो डिजाइन छ जुन पट्टीमा सेतो प्यानले प्रभुत्व गर्दछ घुमाउरो कालो भित्री भागमा।
नयाँ प्लेस्टेशनमा एक पातलो, ठाडो किसिमको डिजाइन छ जुन बाहिरको भागमा सेतो प्यानल तथा त्यसको भित्री भागमा कालो रंगको स्याण्डविच डिजाइन रहेको छ ।
यो हेर्दा एक किसिमको राउटर जस्तै देखिन्छ र यो यसअघिका प्लेस्टेशन भन्दा थप स्लीक डिजाइनमा रहेको छ । यसको बिचकाे भागमा यूएसबी टाइप ए र टाइप सी पाेर्ट राखिएको छ । यसकाे अगाडीको भागमा निलो एलईडी लाइट राखिएको छ देखिन्छ भने यसका साथमा ड्यूल सेन्स कन्ट्रोलर समेत रहेको छ ।
कुन गेम खेल्न सकिन्छ ?
सोनीले यसका साथमा कयौं गेमहरु पनि सार्वजनिक गरेको छ ।जसमा माभेलको स्पाइडर म्यान: माइल्स माेरल्स, होराइजन फरबिडेन वेस्ट, ग्रान टूरिस्मो ७, राचेट एण्ड क्लाङ्कः रिफ्ट अपार्ट, रेसिडेन्स एभिल भिलेज, एनबिए २के२१, डेथलूप, हिटम्यान थ्री र अन्य धेरै छन् ।
यसमा एएमडी जेन २ सिपियू र एएमडीको आरएनडीए २ मा आधारित जिपियू रहेको छ भने १६ जीबी र्याम र ८२५ एसएसडी स्टोरेज रहेको छ । तर दुई भर्सनहरुमा केहि फरक छ वा छैन भन्ने अझै स्पष्ट छैन् ।
त्यसैगरि यो बजारमा कहिले आउँछ र मूल्य कति हुन्छ भन्ने जानकारी छैन् । एजेन्सीका साथ
प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार