नेपाल टेलिकमले भन्यो- तपाईँको मोबाइलमा प्राप्त कोडहरु कसैसँग शेयर नगर्नुस्

  • Technology Khabar | ३० जेष्ठ २०७७, शुक्रबार
नेपाल टेलिकमले भन्यो- तपाईँको मोबाइलमा प्राप्त कोडहरु कसैसँग शेयर नगर्नुस्

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्ना मोबाइल प्रयोगकर्तालाई मोबाइलमा प्राप्त सेक्यूरिटी तथा ओटीपी कोड अरुसँग शेयर नगर्न आग्रह गरेको छ ।

ओटीपी कोडमार्फत व्यक्तिका विभिन्न प्लेटफर्ममा रहेका एकाउण्ट अन्य व्यक्तिले नियन्त्रणमा लिन सक्ने जोखिम हुनेहुँदा टेलिकमले सूचनामार्फत ग्राहकहरुलाई सचेत गराएको हो।

कम्पनीले आफ्नो ट्विटर एकाउन्टमार्फत ग्राहकहरुलाई आफ्नो ओटीपी कोड सार्वजनिक नगर्न भनेको हो ।

प्रयोगकर्ताको आफ्नो व्यक्तिगत गोपनीयता जोगाउन मोबाइलमा आएका व्यक्तिगत सेक्युरिटी कोड तथा ओटीपी कोड अन्य व्यक्तिलाई नदिन कम्पनीले अनुरोध गरेको छ ।

 

यस्ता कोडहरुबाट ह्याकरहरुले माेबाइलमा पहुँच बनाउन सक्ने तथा प्रयोगकर्ताको मोबाइल बैंकिङ अन्य अनलाईन कारोबार समेत जोखिममा पर्न सक्ने संभावना रहन्छ ।

कतिपय मानिसहरुले अन्जानमा नै यस्तो कोडहरु शेयर गर्ने गरेका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार