शाओमीको एन्ड्रोइड ११ बीटा अपडेट घोषणा, नेपालका एमआई १० प्रयोगकर्ताले पनि पाउन सक्ने

  • Technology Khabar | ३० जेष्ठ २०७७, शुक्रबार
शाओमीको एन्ड्रोइड ११ बीटा अपडेट घोषणा, नेपालका एमआई १० प्रयोगकर्ताले पनि पाउन सक्ने

काठमाडौं ।

गुगलले बुधबार मात्रै आफ्नो नयाँ एन्ड्रोइड ११ बीटा लन्च गरेको छ, तर यो केबल आफ्नो पिक्सेल स्मार्टफोनहरूको लागि उपलब्ध गराएको थियो ।

गूगलले यसबाहेक अन्य एन्ड्रोइड पार्टनरहरूले चाँडै बीटा कार्यक्रम घोषणा गर्नेछ बताएको थियो भने हाल स्मार्टफोन ब्राण्डहरुले त्यसको घोषणा गर्न शुरु गरेका छन् ।

हालै शाओमीले शाओमी एमआई १० श्रृंखला र पोको एफ २ प्रो मा एन्ड्रोइड ११ बीटा अपडेटको प्रतिबद्धता गरेको छ ।

उनीहरूको व्यक्तिगत ट्वीटर एकाउन्टबाट गरिएको घोषणा अनुसार शाओमी र पोकोले एन्ड्रोइड ११ बीटा प्रोग्रामका लागि तीन छानिएका डिभाइसहरु उपलब्ध हुने बताएका छन् । यसमा शाओमी एमआई १०, शाओमी एमआई १० प्रो, र पोको एफ २ प्रो।

शाओमीको आफ्नो दुई डिभाइस हो भने पोको शाओमी अन्तरगतकै स्वतन्त्र ब्राण्ड हो ।

यो बीटा कार्यक्रम कहिले आउनेछ भनेर कम्पनीले कुनै खास मिति तय गरेको छैन तर छिट्टै आउने मात्र उल्लेख गरेको छ । यद्यपि अपडेट अर्को केहि हप्ताहरूमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

पिक्सेल स्मार्टफोनका लागि एन्ड्रोइड ११ बीटा सीधै गूगलद्वारा ह्यान्डल गरिएको हुन्छ, तर अन्य स्मार्टफोनहरूमा यो गूगल प्रदान गरेको सफ्टवेयर प्रयोग गरेर स्मार्टफोन उत्पादकले व्यवस्थित गरेको हुन्छ। त्यस कारण केहि समय ढिला हुने गर्दछ ।

शाओमीको एमआई १० केहि दिनअघि मात्रै नेपालमा लन्च गरिएको थियो । यो नेपालको पहिलो ५जी स्मार्टफोनको रुपमा आएको थियो ।

कम्पनीले एमआई १० एन्ड्रोइड ११ बीटा उपलब्ध गराएसँगै नेपाली यूजर्सले पनि सो नयाँ ओएस प्रयोग गर्न पाउनेछन् ।

यो पनि हेर्नुस्-

यस्तो छ नेपाल भित्रिएको पहिलो ५जी स्मार्टफोन शाओमी एमआई १०, साथमा एमआई नोट १० लाइट

प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार