सेञ्चुरी कमर्सियल बैंकद्वारा अन्तरिम लाभांस वितरण गर्ने

  • Technology Khabar | २९ जेष्ठ २०७७, बिहीबार
सेञ्चुरी कमर्सियल बैंकद्वारा अन्तरिम लाभांस वितरण गर्ने

काठमाडौं ।

सेञ्चुरी कमर्सिय बैंक लि.को आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.८,४१,५४,७१,५७६.३० को ४.७५ प्रतिशतले हुन आउने रकम रु. ३९,९७,३४,८९९.८७ वितरण गर्न स्वीकृत प्राप्त भएकोमा हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सर्वविदितै छ ।

तथापी यस विषम परिस्थितिमा शेयरधनी महानुभावहरुलाई केही राहत महसुस गराउने हेतुले उक्त स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् रु.२५,२४,६४,१४७.२८ बाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम रु. २३,९८,४०,९३९.९२ मिति २०७६/११/३० गते कायम रहनु भएका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने यस बैंकको सञ्चालक समितिको निर्णय बमोजिम सम्पूर्ण शेयरधनीहरु/ लगानीकर्तालाई जानकारी गराएको छ।

साथै, बाँकी रहेको नगद लाभांस र बोनस शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ ।

प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...