
काठमाडौं ।
एक चिनियाँ कार ब्याट्री निर्माता कम्पनीले हालै १२ लाख माईल अर्थात २० लाख किलोमिटरसम्म गाडी गुडाउनका लागि सक्षम हुने प्रडक्टको उत्पादन गर्न तयार भएको बताएको छ । सो प्रडक्टको आयु १६ वर्षसम्म हुनेछ ।
यसको ठिक विपरित, प्रायजसो अटो मेकरहरूले केबल ६० हजार माइलदेखि देखि १ लाख ५० हजार माईलसम्म तीन देखि आठ वर्षको अवधिका लागि उनीहरूको कारको ब्याट्रीहरूमा वारेन्टी प्रदान गर्दछन्।
तर एम्पीरेक्स टेक्नोलोजीले खुलासा गरेको छैन कि कसले यस्तो उत्पादन आपूर्ति गर्ने मनसाय राखेको छ ।
तर यसअघि आएका रिपोर्टहरुअनुसार सो ब्याट्री प्रडक्ट टेस्लासँग मिलेर विकास गरिएको हो ।
पछिल्लो जानकारी कटलका अध्यक्षले ब्लूमबर्ग समाचार एजेन्सीलाई दिएको एक अन्तर्वार्तामा खुलासा भएको थियो ।
कम्पनीले फेब्रुअरीमा टेस्लाको मोडल ३ कारहरूको लागि ब्याट्री आपूर्ति गर्न दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेको थियो। यसका अन्य ग्राहकहरूमा बिएमडब्लू, डेमलर, होन्डा, टोयोटा, फक्सवागन र भोल्भो छन्। बीबीसीबाट
प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार