सञ्चार मन्त्रीले भने- सामाजिक सञ्जाल कोरोना महामारी जस्तै, स्वस्थ मान्छे मात्रै बाहिर निस्कन्छ

  • Technology Khabar | २७ जेष्ठ २०७७, मंगलवार
सञ्चार मन्त्रीले भने- सामाजिक सञ्जाल कोरोना महामारी जस्तै, स्वस्थ मान्छे मात्रै बाहिर निस्कन्छ

काठमाडौं ।

अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सामाजिक संजालल कोरोना महामारी जस्तै भएको बताएका छन् ।

उनले संसदको प्रतिनिधिसभामा बिनियोजित बिधेयकको बारेमा भएको छलफलमा जवाफ दिँदै सामाजिक संजाललाई कोरोना महामारीसँग तुलना गरेका हुन् ।

उनले सामाजिक संजालले जसलाई पनि संक्रमित पार्ने भन्दै स्वस्थ्य मानिसहरु भने त्यसबाट बाहिर निस्कन सक्ने बताए ।

‘एक प्रकारले हेर्ने हो भने सामाजिक संजाल कोरोना महामारी जस्तै भएको र कसलाई संक्रमित हुन्छ केहि भरोसा छैन जो पनि जोखिममा हुन्छ ।तर स्वस्थ मान्छे यसबाट जसरी पनि बाहिर निस्कन्छ र पराजित गर्न सक्छ,’ उनले भने ।

डा खतिवडाले सामाजिक संजाललाई नियमन गर्ने प्रकृया भईरहेको भन्दै यसलाई रोक्ने भन्दा पनि व्यवस्थित गर्नुपर्ने बताए ।

‘कतिपय कानूनहरु हामीले बनाईरहँदा यसबारेमा थप छलफल गर्ने र अहिलेको प्रविधिको विकासलाई रोकेर होईन की यसलाई व्यवस्थित गरेर जानूपर्नेछ,’ उनले भने ।

प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार