
काठमाडौं ।
अर्थमन्त्री डा युवराज खतिवडाले बिद्युतबाट चल्ने गाडीले खपत गरेर मात्रे नेपालमा उत्पादन भएको बिजुली सदुपयोग नहुने बताएका छन्।
अर्थमन्त्री डा खतिवडाले बिनियोजन विध्येकमाथि उठेका प्रश्नको जवाफ दिंदै गाडीले मात्र खपत गरेर नेपालको बिजुलीको सदुपयोग नहुने भन्दै औद्योगिक प्रयोगमा पनि ध्यान दिनुपर्ने बताएका हुन्।
उनले नाकाबन्दीपछि निजी सवारीलाई सरकारले १० प्रतिशत भन्सारमा पारित गराउने व्यवस्था गरेको भएपनि अहिले पनि त्यही व्यवस्था हुनुपर्छ भन्नेमा आफू नरहेको बताए ।
‘हामी सार्वजनिक यातायातलाई प्रबर्द्धन गर्ने नीतिमा छौ। त्यसैले त्यसका लागि आउने गाडीको भन्सार दर कायमै छ। त्यसमा हेरफेर गरिएको छैन।’ उनले संसदमा भने।
प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार